Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

पत्रकार हरि अधिकारीले लेखे अर्घाखाचीका सिडियोलाई खुल्ला पत्र


पत्रकार  हरि अधिकारीले लेखे अर्घाखाचीका सिडियोलाई खुल्ला पत्र

प्रमुख जिल्ला अधिकारी ज्यु नमस्कार 

जितपुर ४ नम्बर कपिलवस्तु

वैशाख २५ गते पहिलो पटक कपिलवस्तुमा २ जनामा कोरोना पुष्टी हुँदा अव कोरोनाले खत्तमै पार्ने होकि भन्ने लाग्यो । त्यो बेला कपिलवस्तु सहित देशभर जम्मा १ सय १ पुगेको थियो वैशाख २५ सम्म ।अहिले नेपालमै सर्वाधिक संक्रमित संख्या कपिलवस्तुमै छन् ।

७७ जिल्लामै सवैभन्दा बढि २ सय ७० पुगेको कपिलवस्तु हो भने नेपालमा १५ सय ६७ पुगेको छ जेठ १८ गते सम्म । कोरोना संक्रमितका हिसावले कपिलवस्तु उच्च छ र पनि हाम्रो लागि सामान्य बनिसक्यो ।सिडियो साव तपाई नआत्तिन्नुस, जिल्लाकै प्रशासनिक अंगको प्रमुख जिम्मेवारीमा हुनुहुन्छ । तपाई प्रजिअ भएको जिल्ला अर्घाखाँची कपिलवस्तुको शुरुवात वैशाख २५ गतेको कोरोना संक्रमितको तथ्यांकमा हुनुहुन्छ, त्यो संख्या भनेको २ हो ।

यो संख्या मल्टिपलका हिसावले बढ्ने वाला छ अर्घाखाँचीमा पनि । शुरुमा कडाई भएको हामीकहाँ संक्रमितको संख्या २ सय ७० पुग्दा लकडाउन खुकुलो हुदै अत्यावश्यक खाद्यान्न तथा औषधी, वैंक तथा वित्तिय संस्थाहरु नियमित संचालन गर्ने कपिलवस्तु प्रशासनले निर्णय नै गरेको छ ।

हामीबाट आत्मबल बढाउने कुरा अनुशरण गर्नुहोस, नकि डर, त्रास र भय । छिमेकी जिल्ला र जन्मस्थलको हिसावले अर्घाखाँची प्यारो मातृभूमि हो मेरो लागि ।

कपिलवस्तुको १० वटै स्थानीय तह र प्राय सवै वडा वडामा कोरोना पुगिसकेको छ र पनि हामी कत्ति पनि विचलित छैनौ, आत्तिएका छैनौ, मात्तिएका छैनौं ।

अझ भनौ भने तिव्र संक्रमण फैलिएको देशका भारतीय मालवाहक गाडी सिमा नाका हुदै कृष्णनगर, खुनुवा, सुठौलीबाट हाम्रो घर आगन दिनहु सयौं गाडी भित्रिन्छन् । हामीलाई कुनै डर छैन,त्रास छैन सावधानी हुनु पर्दछ ।

अब रह्यो तपाइको आजको घटनाको प्रसंग – कपिलवस्तुको तरकारी पकेट एरिया बुद्धभूमि नगरपालिका धनकौली (जुन अर्घाखाँचीको सिमासंग जोडिएको पालिका हो )।

धनकौलीबाट गएको तरकारी सन्धिखर्कमा नष्ट भयो, त्यो पनि तपाईको निर्देशनमा भन्दा सारै दुःख लाग्यो र हाम्रो लागि खेदजनक छ ।

कपिलवस्तुवासीका लागि यो अत्यन्तै पीडादायी कुरा हो । कृषि कर्म बनाएर नेपाली किसानले उत्पादन गरेको तरकारी लकडाउनका बेला नष्ट गर्नु, विभिन्न वहानामा विपत्तीका बेला कल्पना भन्दा वाहिरको कदम हो ।

तपाईलाई स्मरण गराउन चाहान्छु ।

लकडाउनका कारण (सवारी साधन नचलेका शुरुवाती चरण देखि नै) कपिलवस्तुको तरकारी नविकेर किसानको बारी बारीमा तरकारी कुहिन थालेको समाचार मिडियामा आएकै थियो ।

जिल्ला भित्रै तथा छिमेकी जिल्लाबाट कसैले पनि अत्यावश्यक तरकारी गाडीमा लिन र किसानले मोटरसाइकलमा लिएर जाने अवस्था थिएन, कडा लकडाउन थियो । यस्तो समस्याबाट गुज्रिरहेका कपिलवस्तुका किसानको बारीमा तरकारी उठाएर जिल्ला भित्र र वाहिर पठाउने कार्यमा माननीय प्रदेश सभा सदस्य विष्णु पन्थीले खेलेको भूमिका संचार माध्यममा देखेकै हो ।

त्यति बेला पनि रुपन्देही, अर्घाखाँची, पाल्पा जिल्लामा रोक लगाउने प्रसंग उठ्दा सहजीकरण गरेर प्रदेश सभा सदस्य विष्णु पन्थीको अगुवाईमा कपिलवस्तुका किसानका तरकारी बारीबाट उठे ।

लकडाउनको चैत्र ११ गते पछाडीका दिनदेखि साँसद पन्थीले कपिलवस्तुको तरकारी पकेट एरिया बुद्धभूमि, वाणगंगा, कपिलवस्तु, शिवराज नगरपालिकाका तरकारी विक्री वितरणको लागि प्रंशसनीय भूमिका खेलेको संचार माध्यममै छ । यो त किसानको सन्दर्भमा मात्र छ ।
अब भन्नुहोस् सिडियो साव र अर्घाखाँचीका माननीय ज्यू  कपिलवस्तुमा कोरोना संक्रमण फैलिएको तरकारीबाट हो, कपिलवस्तुकै तरकारीबाट अर्घाखाँची र रुपन्देहीमा फैलिएको हो कोरोना ? पाल्पामा हो, कदापी होइन । कोरोना कहाँबाट भित्रिएको छ सवैलाई प्रष्टै छ ।
तरकारी नफालौं आज अर्घाखाँचीले फाले जस्तै भोली रुपन्देही, पर्सी दाङ्ग, पाल्पा, गुल्मी हुदै अन्य जिल्लाले फाल्ने प्रबृतिले एकले अर्कालाई निषेधको गोरेटो कोर्न सक्छ । समयमै करेक्सन गरौं । सतर्कता र सचेतना अपनाऔं । कोरोनाको संक्रमणबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं ।

हरि अधिकारी कपिलवस्तु

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जन्मोत्सवमा बटुकलाई खाद्य सामाग्री

जन्मोत्सवमा बटुकलाई खाद्य सामाग्री

कपिलवस्तु पश्चिम कृष्णनगर क्षेत्र वरिपरि  कपडा तस्करी मौलाउदै

कपिलवस्तु पश्चिम कृष्णनगर क्षेत्र वरिपरि कपडा तस्करी मौलाउदै

आज विश्वकर्मा पूजा पूजापाठ गरि मनाउँदै

आज विश्वकर्मा पूजा पूजापाठ गरि मनाउँदै

किन हुन्छ शिवराजमा विकासको काममा अवरोध  कभर्ड हल बन्ने कहिले  ?

किन हुन्छ शिवराजमा विकासको काममा अवरोध  कभर्ड हल बन्ने कहिले  ?

प्याब्सन कपिलवस्तुको तीज गीत तथा नृत्यप्रतियोगिता सम्पन्न,१७ विद्यालयका विद्यार्थी कलाकार प्रतिस्पर्धामा सहभागी।

प्याब्सन कपिलवस्तुको तीज गीत तथा नृत्यप्रतियोगिता सम्पन्न, १७ विद्यालयका विद्यार्थी कलाकार प्रतिस्पर्धामा सहभागी।

प्याब्सन कपिलवस्तुको तीज गीत तथा नृत्यप्रतियोगिता सम्पन्न,१७ विद्यालयका विद्यार्थी कलाकार प्रतिस्पर्धामा सहभागी।

प्याब्सन कपिलवस्तुको तीज गीत तथा नृत्यप्रतियोगिता सम्पन्न,१७ विद्यालयका विद्यार्थी कलाकार प्रतिस्पर्धामा सहभागी।

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline