लेखक
स्वास्थ्य कर्मी विष्णु पाण्डे
कोभिड १९ जब देखि समुदायमा देखिना थाल्यो यसको तिव्र फैलने दरले विश्वलाई घेराबन्दीमा पारेको छ । विश्वको प्रत्येक समुदाय,प्रत्येक धर्म सांस्कृतीलाई नै चुनौती दिइरहेको समयमा विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यमा सुझाएका प्रमुख उपायमा दुरी कायम गर्ने संक्रमण पुष्टि भएका ठाँउ विदेश बाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने,परिक्षण गर्ने र सुरक्षित समुदाय निमार्ण गर्ने त्यसैले यस परिपेक्षम विशेषता नेपाल श्रमको रोजगारीको लागि प्रमुख त भारत खाडी लगाएत अन्य देशमा निर्भर भएकाले उक्त ठाँउबाट नेपाल फर्कनेको लर्काे नै लागिराखेको छ ।
हुन हुन त आफनो ठाँउ फर्कनु भन्ने चाहना सबैको हुन्छ तर सुरक्षित समय छ क नाई अथवा विभिन्न बाध्यता रोजगारीको गुमेको पिडा आफनो देश फकिने पाए बाचिन्छ भन्ने मनोभावना बढी भएको पाइएको छ ।
तथापी त्यसले सिङ्गो व्यक्ति,परिवार,समुदाय हुदै राज्यलाई प्रभाव जोखिम पारेको छ । यस्तो आवस्थामा नेपाल र हाम्रो स्थानिय सरकारले गर्ने व्यवस्थापनको प्रमुख भुमिका रहन्छ । विश्व स्वास्थ्य संगठनले सुझाएको क्वारेन्टाइनको भुमिका प्रवल देखिन्छ । कोभिड १९ मा क्वारेन्टाइन भन्नाले संक्रमणको जोखिम भएको व्यक्तिलाई समुदायको अन्य व्यक्ति बाट जोखिमको अविध रोग फैलने समयमा अलग्गै राखने व्यवस्था बुझिन्छ ।
संभावित जोखिम भएको व्यक्ति संक्रमण पुष्टि भएको व्यक्ति संग नजिकको सम्पर्कमा रहेको हुन्छ । क्वारेन्टाइन विभिन्न किसिमका हुन्छन तर त्यसका आ आफनै आधारहरु हुन्छ । जसलाई अनिवार्य रुपमा पालन गर्नु पर्छ ।
१.घरलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने
घर क्वारेन्टाइनको जुन आफनो घरमा नै सुरक्षित हिसाबले (अलग्गै कोठा,बाथरुम,स्वास सरसफाई व्यवस्था,खानपान हावा सजिलै खेल्ने कोठा) जस बाट अन्य सदस्यलाई जोखिम नहुने हिसाबले अलग्य व्यवस्थालाई जनाउछ ।
हाम्रो समुदायमा घर क्वारेन्टाइनको सम्भावना अत्यन्त कम छ । किनकी हाम्रा घरहरु यस्ता सुविधा सम्पन्न अत्यन्तै कम छन र विशेषत गाँउ समुदाय तिर त्यती यसको सम्भावना देखिदैन ।
२.समुदायमा क्वारेन्टाइन रुपमा प्रयोग गर्ने
समुदायमा क्वारेन्टाइन जुन समुदायमा धैरे व्यक्तिलाई व्यवस्थित र सुरक्षित हिसाबले समुदायमा नै राख्ने व्यवस्थालाई बुझिन्छ । समुदायमा कुनै पनि घर,स्कुल कार्यालय जुन आधारभुत आवश्यकता परिपुर्ति गरेका छन जस्तै पर्याप्त भेनटिलेस्न भएको,खानेपानी तथा सरसफाईको उचित व्यवस्थापन भएको बसाईको सुरक्षित व्यवस्था गर्न सक्निे सनै खालका व्यक्तिमैत्री रहेको जुन समुदायमा जोखिम हुन सक्ने वातावरणलाई निमिटयान्न पारेको हुनु पर्दछ ।
विश्वमा हेर्ने हो भने समुदायमा दुई प्रकारले चलेको पाइन्छ । प्रथम समुदायले सामुहिक रुपमा संचालन गरेको जस्मा सम्पुर्ण व्यवस्था समुदाय आफैले सुरक्षित हिसाबले गर्छ र बस्नाका लागि कुनै समुदायमा रहेको संरचनालाई व्यवस्थित गरि प्रयोग गरिन्छ । यसमा सम्पुर्ण खर्च समुदाय आफैले जोहो गर्छ अथवा घर बाटै ल्याएर संचालन गर्छ ।
आर्को राज्यले व्यवस्था गर्ने क्वारेन्टाइन बुझना सकिन्छ । जस्मा संभावित जोखिम भएक व्यक्तिलाई जोखिमको अवधि भर सुरक्षित हिसाबले राखिन्छ । त्यस्ता क्वारेन्टाइनमा सम्पुर्ण खाना,बस्न,सुरक्षा र स्वास्थ्यका उपायहरुको व्यवस्था राज्यका संरचनाहरुले गरेका हुन्छन । विशेषत अहिले नेपालमा धैरे राज्यले व्यवस्था गरेको क्वारेन्टाइन छन भने केही समुदायले व्यवस्थापन गरेका पनि छन भने केही समुदायले व्यवस्था गरेका क्वारेन्टाइन छन ।
यस्ता क्वारेन्टाइन उचित स्वास्थ्य सुरक्षा सरसफाई,दुरी कायम गरी बस्ने,खाने सुत्ने व्यवस्था हुनु पर्छ पोषण खाना आवश्यक व्ययाम स्वस्थ्य जिवनशैली अपनाउना सिकाउने उत्तम समय पनि हो जसले जीवनभर प्रेरणा दिन्छ । यस्तो व्यवस्था गरिएन क्वारेन्टाइन समुदायमा कोरोना फैलाउना नजिकका र सहज माध्यम बन्न सक्छ ।
मैले देखेका धैरे क्वारेन्टाइन मध्यको एक महारजगंज ९ तेनवाको क्वारेन्टाइन जुन समुदायवाट चलाएको क्वारेन्टाइनको अनुभुत हुन्छ । जहाँ एउटा विद्यालयमा घरबाटै सम्पुर्ण बस्ने सामानहरु खाट, विस्तारा ल्याएर बसेका छन ।
मेरा आँखा अगाडी घरवाट आमाहरुले खाना ल्याएर बयस्क भएका छोराहरुलाई पनि बाल्यकालको सन्तान झै मायाले खाना खुवाएको देखे तर वहाँको अज्ञान मानसपटलमा के यहाँ त्यो स्नेह उहाँलाई कोरोनाका कहरमा भरी हुनसक्छ र अर्को दृष्य कोलाहल पुर्ण बसाई,बसेका साथीहरु हामी त वर्षो देखि देश प्रदेशमा पनि संगै बस्यौं यहाँ क्वारेन्टाइन पनि संगै भन्दै एकै ठाँउमा गोलबद्ध गरेर गफिएको देख्दा क्वारेन्टाइन त समुदाय नजिकको कोरोना संक्रमण समुदायमा फैलाउने माध्यम जस्तो लाग्यो घर नजिकै आएर आमाले पकाएको खान पाउँदा धैरे तनाव र बिरानोको अनुभुति त कम भएको होला
तर यस्ता अव्यवस्थित नामका क्वारेन्टाइन कोरोना फैलाउने केन्द्र बन्दै जानेछन त्यसैले मापदण्ड पुरा गरेका क्वारेन्टाइन मात्र संचालन ल्याउनु पर्छ र ती स्वास्थ्य कर्मीको निगरानीमा र सुरक्षाकर्मी अथवा समुदायको सुरक्षामा संचालन हुनुपर्छ ।