कपुरी अनलाईन
कपिलवस्तुको शिवराज नगरपालिका वडा न २ मा रहेको सहज बचत तथा ऋण सहकारी संस्था यहि जेष्ट महिनाको १२ गते देखि हप्तामा २ दिन सोमवार र विहिवार खुलने सहकारीले बताएको छ । यस सहज बचत तथा ऋण सहकारी संस्था लि को चालु खाता चन्द्रौटामा रहेको गरिमा बैकमा भएको र जिल्ला प्रशासन कार्यालयले बैक तथा वृत्त संस्था तपसिल बमोजिम खुल्ने भएकोले सहज बचत तथा ऋण सहकारीले विहाना १० बजे देखि १ बजे सम्म कारवार हुने शेयर सदस्यका लागी सुचना जारी गरिएको सहकारीका व्यवस्थापक कल्लुथारूले कपुरी अनलाइनलाई बताएका छन ।