कपुरी अनलाइन
कोरोनो महामारी संक्रमणको समयमा टोल टोलमा बाहिरि व्यक्तिलाई प्रेवेश निषेध गरेको समाचारहरू पढना र सुचना पाइएको थियो भने विजयनगर गाउपालिका वडा न ७ का वडा अध्यक्षले स्वास्थ्य संयोजकलाई आइसोलेसन सेन्टरमा प्रवेश निषेध भनि हस्ताक्षर सहित कागज टास गरेका छन । विजय नगर गाउपालिका वडा न ७ मा स्थापना गरिएको आइसोलेसन सेन्टरमा विजयनगर गाउपालिकाका स्वास्थ्य संयोजक यज्ञ प्रसाद अधिकारीलाई प्रवेश निषेध गरिएको र वडा न ७ का अध्यक्ष दिनेश कुमार चौधरीले हस्ताक्षर गरेको कागज सेन्टर अगाडी राखिएको थियो । यस विषयमा स्वास्थ्य संयोजक अधिकारी संग कपुरी अनलाइनले जिज्ञासा राख्दा वहाले गुनासो गर्नु भयो । व्यक्तिलाई आफनो घर प्रेवशमा त कसैले रोक लगाउदैन वहाले मलाई सार्वजनीक स्थल र स्वास्थ्य संग जोडिएको विषयमा यसरी लेखनु दुखद भएको बताए । हिजो रात्री वहाले फोन गर्नु भएको थियो दिन भरी कामको चापले जान सकिन आज विहान जादा यस्तो लेखेको देखदा दुख लागेको र वहाको यस किसिमको दादा गिरि र मनमानी हजुरहरूले आफै बुझनुस मैले धैरे कुरा के गरू भन्नु भयो ।
यस विषयमा वडा अध्यक्ष दिनेश कुमार चौधरी संग फोन सम्पर्क गर्दा यो विषयमा आफुले आज केही न भन्ने र हाम्रो छलफल हुदै गरेको कपुरी अनलाइनलाई बताए । निषेध लेखिएको कागज उक्त स्थान बाट हटाइएको छ ।