कपुरी अनलाइन
नेपाल सरकारले कोभिड-१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै देशभरमा जारी राखेको लकडाउनबीच वर्ल्डलिंक कम्युनिकेशनस् लिमिटेडले ठग्ने गरेको भन्दै वर्ल्डलिंक चन्द्रौटाका प्रयोगकर्ताहरुले गुनासो गरेका छन् ।
सम्झौतामा उल्लेख गरेभन्दा इन्टरनेटको स्पिड कम हुने गरेको र लकडाउन सम्म नेट नकाटने सहमती गरेको भए पनि नेट काटेको ग्राहकहरूले गुनासो गरेका छन ।
इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन प्रालिको नारा छ-‘छिटो भनेकै वर्ल्डलिंक’ । नारा अनुसार पनि वर्ल्डलिंकको सेवा छिटोछरितो हुनुपर्ने हो । तर, अवस्था उल्टो छ । सरकारले लकडाउनको वेलला राम्रो सुविधा दिन अनुरोध गरिरहेको वेलामा पनि आफुहरु सुविधा भने नपाएको जनाएको छ । ‘लकडानको वेला नेटको पैसा कसरी तिर्ने ?’ भन्दै प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् । ‘एकाउन्टमा पैसा छैन, र वाहीर गएर तिरैँ भन्दा नगर सिल गरिएको छ, यस्तो अवस्थामा नेट काटिएछ ।’ प्रयोगकर्ताहरुले भनेका छन् ।
एक प्रयोगकर्ताले भने ‘पहिला बिल तिर्न १ हप्ता समय दिन्थ्यो आज त ३ दिन मै कटिदियो । पहिला लकडाउन सम्म पैसा न लिने भने पनि १ महिनाको पैसा तिरपनि नेट काटेको चन्द्रौटामा रहेका ग्राहकहरूले बताएका छन । पैसा तिर्ने माध्यम छैन कसरी तिर्ने पसलमा जडान गरिएको सि सि टि भि नचलेपछि छिमेकी संग पैसा मागेर तिरेको बताए ।