कपुरी अनलाईन

शिवराज नगरपालिकामा  ३ जना संक्रमित भेटिएसँगै शिवराजराजका मेयरले शिवराजराज नगरपालिकामा रहेकाे नलकुपकाे जग्गामा ५० बेडकाे आइसोलेसन  सेन्टर  निमार्णमा आफनो सक्रियता बढाउनु भएकाे छ ।  शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले

कपुरी अनलाईन संग टेलिफान सम्पर्क गर्दा  चाडै भन्दा चाडै हामी अस्पताल निमार्णमा लागने छाै ।   मेयर अधिकारीले शिवराजमा  पहिलोपटक संक्रमण देखिएकाेले आफु  तयारी अवस्थामा रहेकाे र    संयन्त्र परिचालन गरिसकिएको बताउनुभयो ।

उहाँले नगरवासीलाई घरभित्र्रै सुरक्षित रहन र नयाँ मानिस देख्ने बित्तिकै  मलाई वा स्वास्थ्य शाखामा जानकारी दिनहुन  अनुरोध समेत गर्नु भयाे ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार शिवराज नगरपालिका चन्द्रौटा निवासी तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उहाका अनुसार २५, ३४ र ४४ वर्षीय पुरुषमा कोरोना देखिएको थियाे । उनीहरुकाे स्वास्थ्य मलाई अवस्था राम्रो रहेको र थप उपचारका लागी दाड्गको बेलझुन्डी पठाइएको बताउनु भयो ।