कपुरी अनलाईन
शिवराज नगरपालिकामा ३ जना संक्रमित भेटिएसँगै शिवराजराजका मेयरले शिवराजराज नगरपालिकामा रहेकाे नलकुपकाे जग्गामा ५० बेडकाे आइसोलेसन सेन्टर निमार्णमा आफनो सक्रियता बढाउनु भएकाे छ । शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले
कपुरी अनलाईन संग टेलिफान सम्पर्क गर्दा चाडै भन्दा चाडै हामी अस्पताल निमार्णमा लागने छाै । मेयर अधिकारीले शिवराजमा पहिलोपटक संक्रमण देखिएकाेले आफु तयारी अवस्थामा रहेकाे र संयन्त्र परिचालन गरिसकिएको बताउनुभयो ।
उहाँले नगरवासीलाई घरभित्र्रै सुरक्षित रहन र नयाँ मानिस देख्ने बित्तिकै मलाई वा स्वास्थ्य शाखामा जानकारी दिनहुन अनुरोध समेत गर्नु भयाे ।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार शिवराज नगरपालिका चन्द्रौटा निवासी तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उहाका अनुसार २५, ३४ र ४४ वर्षीय पुरुषमा कोरोना देखिएको थियाे । उनीहरुकाे स्वास्थ्य मलाई अवस्था राम्रो रहेको र थप उपचारका लागी दाड्गको बेलझुन्डी पठाइएको बताउनु भयो ।