सदस्य अपाङ्ग महिला संघ
लेखक कल्पना
उफ् बन्दाबन्दि भएको पनि आजको ५३÷५४ दिनपो पुगिसके छ । कारोना भाईरस बाट सुरक्षित रहनका लागि सरकारले बन्दाबन्दि सुरु गरेको दिनऔ लागन्दै सबै मानिस कामनमा एक प्रकारको त्रासले बास गरेको देखिन्छ । के गर्ने ?कसो गर्ने ? भोलि के होला ? अब पहिलाको जस्तो सहज परिस्थिति होलाकी न होला ? हुदैन कि क्याहो ? जस्ता सोचाई आम मनिसहरु एक्लै बस्दा होस् वाएक अर्कामातर्कको विषय बनिरहेको छ ।
कोरोना भाईरस क्रममा रहेको संक्रमितको सङ्ंख्याको कारण छिट्टै बन्दाबन्दिखुलेर पहिलाको जस्तो सहजबतावरण हुने देखिदैन ।
१९१९ डिसेम्बर २९ माचिन बाटै सुरु भएको यो भाईरसको कारणबाट चिन मानैमानविय क्षतिको क्रम बड्दै जादा नेपाली जनताको मनमात्रास बढ्नु स्वाभावीक कहो किनकी चिन जस्तो बिकसित देशले त नियन्त्रण गर्न सकिरहेको छैन ।
हाम्रो देशमा फैलियो भने के हालहोला ! यसै क्रममाअन्य राष्ट्रहरुले पनि बिभिन्न खाले साबधानि अपनाउन सुरु गर्दैगर्दा २०७६ चैत्र ९ गतेबाट सकारले एकाएक बन्दाबन्दिको निर्णय सुनायो ।
त्यो बेलामा नेपाली जनताले लकडाउन वाबन्दाबन्दि भन्ने शब्द धेरैले सुनेका पनि थिएनन् होला । सरकारले पनि महामारीको रुप यस्तो होला भन्ने अड्कलगर्न सकेन किनकि यस्तो बिपत सबैका लागिनयाँ थियो ।
जागिरे,व्यापारी,विद्यार्थी तथा कामदार आदिजो जहाँ छौं त्यही सुरक्षित बसौ कोरोना बाट बचौं भन्ने कुरालाई अबलम्बन गर्दा काम बिनाको महिनौ सुरक्षित बसाईले मानिसलाई समस्या ल्याउन थालेको छ ।
अब कोरोनाको मात्रमहामारी होईन भुखमरी,बेरोजगार देखि लिएर अन्य धेरै महामारीको सामना देशले भोग्नु पर्ने देखिन्छ । यस्तै परिस्थिति लम्बिदै गयो भने संगसंगै हिंसाको महामारीपनि थपिने निश्चित देखिन्छ ।
देश बाहिर रहेका आफ्ना जनता स्वदेश आउनचाहनेलाई एक द्धार प्रणालिबाट ल्याउने व्यबस्था गरी उनिहरुलाई सुरक्षित स्वास्थ्य निगरानिमा राख्ने र अव्यबस्थित खुल्ला सिमान सधैका लागि व्यबस्थित गर्न सकेमा देशको लागि यो अबसर पनिहुन सक्छ । अहिलेको परिस्थतिमा व्यक्ति व्यक्तिर राष्ट्र संबेदन शिलहुन सकेन भने बन्दाबन्दि लम्बिनुको साथै घरेलु हिंसापनि अकल्पनिय रुपमा बढ्ने छ । हिंसा जो कसै लाई पनि हुन सक्छ तर २०१६ को अध्ययनले२३ प्रतिशत महिला पुरुष बाट र २ प्रतिशत पुरुष महिलाबाट घरेलु हिंसा भएको देखाउ छ । हिंसा पलपलमा भईरहे तापनि बिभिन्न परिस्थितिमा बिभिन्न खाले हिंसा बढेको हुन्छ ।
अहिले कोरोना भाईरसका कारण बनेको बिशम परिस्थितिमा बिपतको सामना गर्दै महिनौ दिन सम्मघरको चौघेरा भित्र रहदा जो कोहीलाई पनि असहजता महसुसु हुनु स्वभाबिक नै हो । यस परिस्थितिमा वृद्धवृद्धा बालबालिकामा पनि किशोरी र महिलाहरु हिंसामा परेका समाचार आईरहेका छन् । जागिरमालागेकामहिला घर अनिजागिरको धेरै जसो जिम्मेवारी यसै पनि पुरा गरिरहनु हुन्थ्यो । अहिले यो बन्दाबन्दिको बेलामहिलाहरु लामो समय सम्मआफ्नो परिवार संग बिताउन प्रसस्त समयदिएको छ ।
कतिपयअबस्थामाआफ्नो व्यस्तताका कारण आफ्नो श्रीमानश्रीमती छोराछोरी सासुससुरामा भएकाकला,क्षमता,आनिबानी एक अर्कामा मननगर्ने अबसर अबसर दिएको छ यो बन्दाबन्दिको सकारात्मक पक्षहुन सक्छ । यसैको बिचमा उपचारको क्रममा,क्वारेन्टिनमा बस्दावा शुरक्षाकर्मि,कार्य स्थल र आफ्नै घरमा बिभिन्नखाले हिंसका खबर बाहिरिरहेका छन् । दिनदिनै संख्यात्मक हिसाबमा बड्दो महिला हिंसाकाघटना लकडाउन जति लम्बिने छ त्यती नै यसको संख्या बढ्ने निश्चित छ ।यस्ता समयमा महिला हिंसा बढ्ने कुरा तथ्याङ्क भनिरहेको छ । अझ संबेदनशिलविषय त के छ भने यो अबस्थामा अपाङ्गता महिला त्यसमापनि जो अति अशक्त,वौद्धिक,बहिरा तथा मनोसामाजिक समस्या भएकाको अबस्था के होला?जूनकी राज्य सामान्य अबस्थामा हुदा पनि उनिहरुमा भएका हिंसाका कुरा बाहिर आउदैन थिए आए पनि सुनुवाई हुने अवस्था थिएन ।
यो बन्दाबन्दिको समयमात्यस्ता समस्या भएका महिलाहरुअबस्थामाके छ ? कस्तो कसे समस्या भोगिरहका छन् भन्ने कुरा कसरी बाहिर ल्याउन र सुनुवाईमा पहुँच बढाउन सकिएला?अपाङ्गता महिला दिनहुँजसो आफ्नै आफन्तजन घरपरिवार र समाजमै सबै खाले हिंसा व्यहारी रहेका हुन्थे ।
बन्दाबन्दिको कारण लामो समयसम्म घर भित्रै रहनु पर्ने बाध्यता अशक्ताका कारण अन्य परिवार सरह काम तथा आर्थिक व्यबहार साझेदार बन्न्न सक्नु ।यो गहन विषय छ ।
बैशाख २९ गते सिराहामा एकजना वौद्धिक अपाङ्गता महिलाको घाँटी रेटी हत्याको कुरा आएको छ भने लकडाउनको ५०औ दिन सम्म आउदा ५ सय भन्दा बढि महिला र पुरुषले आत्महत्या गरेका घटनाहरु जनकारीमा आएको छ ।
यसरी मानिसले आत्म हत्याको प्रयास गर्नुमा धेरै कारण हुन सक्छन्, त्यस मध्य महिलाले आत्म हत्याको प्रयास गर्नु घरेलु हिंसानै हुन सक्छ जून आफुलाई भईरहेको समस्या खोल्दा परिवारकै सदस्य,परिवार र समाजमा सधै भरि पिडितले भोग्नु पर्ने थप हिंसाका कारणले स्वहत्या रोज्ने गरेको हुन सक्छ । त्यो संख्यामा अपाङ्गता भएका व्याक्ति परेकी परेनन् होला ? जसले गर्दा सामान्य अबस्थामा पनि आर्थिक,सामाजिक शारीरिक हिंसा व्यहोरी रहेका उनिहरु उजुरीको लागि पहिले त कठिन थियो अहिले बन्दा बन्दिका कारण उनिहरुको कुरा कस्ले सुन्ने अनि कति जना हटलाई प्रयोग कर्ता र सूचनाको पहुँचमा हुनुहुन्छ होला ? आफ्नो समस्या भनेर सुसबधा लिन सक्ने । हिंसाका बिभिन्न चरणहरु पार गर्दै संकटको चरणमा पुग्छ र मानिस आत्महत्याका लागि तयार हुन्छन् ।
अब भने यस्ता घटना न्यूनीकरणका लागि प्रत्येक स्थानिय तहमा मनोपरामर्श दाता समेतको व्यबस्था गरी सुरक्षित आवास गृह सबैलाई पहुँच हुनेखालको सुरुवात गर्नु पर्छ ।
जानकारीमा भए अनुसार जसरी अहिले हटलाईनको व्यवस्था गरीएको छ त्यसको संख्या बढाउनु आबस्यक देखिन्छ । राज्य र सम्बन्धित सरोकारवाला संघसस्थाको समन्वय माहिंसाका घटनाको अनुसन्धान गर्दा कुनै पनि वर्ग समुदाय छुट्टु हुदैन । समाजमा रहेका पछि परेका र पारिएका वर्ग समुदाय जात जातीयताको पात्रको रुपमा बोलिएको छ गरिएको छ दिईएको छ भन्नु भन्दा जसरी साङ्ग नागरिकका लागि हरेक व्यबस्थाहरु अधिकारमुखि धारणा बाट दिईन्छ । यस्ता बिसम परिस्थितिमा पनि उनिहरुलाई अझ व्यबस्थित तरिकाले सम्बोधनगर्न सक्नु पर्छ ।