कपिलवस्तु

कपिलवस्तुमा पत्रकार सहित   २ सय ६५ जनाको स्बाव सकलन गरिएको स्वास्थ्य कार्यालयका कपिलवस्तु काेराेना फोकल पर्सन कुमार थापाले बताए ।
जिल्लाका स्थानमा स्बाव संकलन गरी प्रदेश नम्बर ५ को भैरहवा स्थित जन स्वास्थ्य प्रयोगशाला पठाईएको छ।

जिल्ला स्बास्थ्य कार्यालय अनुसार कपिलवस्तु अस्पतालमा १ सय १० , महाराजगंजमा १ सय ५ र बिजयनगरमा ५० जनाको स्बाव सकलन गरिएको स्वास्थ्य कार्यालयका  थापाले बताए ।

रिपोटिङ्गकाे   क्रममा जोखिममा परेका  पत्रकारहरुकाे  महाराजंग नगरपालिका– ८ सिसवा स्वास्थ्य चौकीमा पिसिआर टेस्टकालागि स्बाव दिएको पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलारमा भुसालले बताए ।

पत्रकार महासंघले जिल्ला स्बास्थ्य कार्यालय र प्रशासन कार्यालयलाई पिसिआर टेस्टकालागि माग गरेको थियो ।

४ दिन अघि कपिलवस्तु अस्पतालमा कार्यरत एक नर्स कोरोना सक्रमित भेटिए पछि शुक्रवार अस्पतालका स्टाफ, प्रहरी, नर्सका परिवार गरी कुल १ सय ५ जनाको स्बाव संकलन गरिएको फोकल पर्सन थापाले बताए ।

बिहीवार मात्र अस्पतालका मेसु र संक्रमति नर्स सहीत ७ जनाको स्वाब संकलन गरिएको थियो । यस्तै बिजयनर गाउपालिकाका क्वारेन्टाईनमा रहेका ५० जनाको समेत शुक्रवार स्बाव सकलन गरिएको छ ।

भारतको बिभिन्न शहरबाट फर्कर क्वारेन्टाईनमा ७ दिन बिताएकाहरुको स्बाव सकलन गरिएको हो । हाल सम्म कुल ९ सय ३४ जनाको स्बाव स.कलन गगरिएको छ छ । पुरानो ६ सय ६९ मध्ये अब २८ जनको मात्र रिपार्ट आउन बाकी छ ।

शुक्रवार साझ सम्म जिल्लामा ४० जना संक्रमति भेटिएका छन । जसमध्ये ३३ जना भारतका बिभिन्न शहरबाट फर्ककाहरु हुन । यस्तै चार सुरक्षाकर्मी, एक नर्स, २ कर्मचारी र एक ६ बर्षिया बालिका छन ।  पिसिआर टेस्टको स्बाव संकलनका लागि १ हजार २७० भिटिएम कीट प्राप्त भएको स्वास्थ्य कार्यालयका कपिलवस्तुले जनाएकाे छ ।