शिवराज नगरपालिका वडा न १ अन्तर्गत रहेको शिवपुर स्वास्थ्य चौकीले दिर्घरोगीहरुको सुविधाको लागी आफनो कार्यक्षेत्रमा औषधी पुर्याउने निर्णय गरेकाे शिवराज नगरपालिका वडा न १ का अध्यक्ष जगत बहादुर घर्ती क्षाेत्रीले बताए ।
कपिलवस्तुमा काेराेना सक्रमितको सख्या बढदै गएकोले यस्तो निर्णय गरिएको क्षेत्रीले बताए । औषधी अभावले थप समस्या हुन नदिन घर घर औषधी पुराउने अभयिान संचालन गरिने स्वास्थ्य चौकीका इन्चार्ज लेखनाथ पौडेलले बताए ।
अति विपन्न र गरिब परिवारको आर्थिक अवस्थाको पहिचान गरि औषधी निशुल्क उपल्बध हुने पौडेलले बताए । थप जानकारीका लागी यो नम्बर वा स्वास्थ्य कर्मी संग सम्पर्क गर्न स्वास्थ्य चौकीले अनुरोध समेत गरेको छ ।
डि बि हमाल ९८६३८३४७४५
भुवन थापा ९८४५६३१९७१
लेखनाथ पौडेल (९८५७०२६०५७
राजु घिमिरे ९८४७०६३०२०