पर्सा जिल्लामा कार्यरत विभिन्न सञ्चारमाध्यमका ४ जना पत्रकार संक्रमित भएकाे पुष्टि भएकाे छ । उनीहरु विभिन्न सचार माध्यम कार्यरत रहेका छन । रिपोर्टिङका क्रममा हिँड्दा जोखिम महसुस गरेछि उनीहरुले नै स्वाब संकलन गरी परीक्षण गर्न लगाएका थिए । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलेसक्रिय चार पत्रकारलाई कोरोना देखिएको पुष्टि गरेका छन्।
देशभर मंगलबार ५७ जनामा कोरोना पोजेटिभ देखिँदा पर्साका ३९ जना र बाराका १ जना रहेका छन्। यस्तै कपिलवस्तु र रुपन्देहीमा क्रमश ८ र ९ जनामा संक्रमण देखिएको छ । यो संगै देशभर कुल संक्रमितको संख्या १९१ जना पुगेको छ ।