नेपालले आफ्नो अस्तित्व जोगाउन सिमाना पर्खाल लगाउन अति अत्यावश्यक भएकाेले शिवराज जेसिसका अध्यक्ष विजय सापकाेटाले आफनो जन्मदिनको अवसरमा १० लाख दिने घोषण गरेका छन ।
पटक पटक भारतले सिमा मिचनु चिनले सगरमाथा हाम्रो भन्दा हरेक नेपालीको मन राेएकाेले यदि नेपाल सरकारले आफनो सिमा सुरक्षाका लागी पर्खाल वा काडेतार लगाउना आट गर्छ भने त्यस अभियानमा १० लाख दिने घाेषणा आफनो फेसबुक वालमा गरेका छन ।
उनले यस अभियानमा शिवराजका युवाहरूलाई एकजुट हुन आग्रह गर्दे नेपाल आमाको अस्तित्व रक्षाका लागी अभियान सचालन गर्ने बताए ।
आज भोली भारतको ज्यादती रोक्न नेपालले के गर्नुपर्ला भनेर सोध्यो सबैले पर्खाल लगाउनुपर्छ भन्ने जवाब दिन्छन । अझ अलिकति नेपाल–भारत सम्बन्ध बुझेको सचेत नेपालीको लागि त यो सोध्नुपर्ने प्रश्न नै होइन, किनभने
नेपालले आफ्नो अस्तित्व जोगाउन सिमाना पर्खाल लगाउन अति अत्यावश्यक भएकाेले शिवराज जेसीसका अध्यक्ष विजय सापकाेटाले बताए । यो विषयमा अहिले जनमत संग्रह गराउने हो भने पर्खाल लगाउने पक्षमा नेपालमा ८०–९० प्रतिशत मत खस्ला । पहाडी मात्र होइन मधेशीहरु पनि सीमा समस्याले गर्दा आजित भइसकेका छन् । भारत नेपालको पहाडतिरका पनि केही स्थानमा चिनले सीमा मिचेकाे छ । मधेसीहरुले त दिनदिनै भारतीय सीमा सुरक्षा बलका सैनिकहरुको ज्यादती–बेइज्जतीविरुद्ध कहिलेकाहीँ भिडन्तमै उत्रनुपरिरहेको देखिन्छ ।