चिनियाँ नागरिकलाई कारबाहिको माग गर्दै प्रदर्शन
कोरोना भाइरसका कारण लकडाउनको उल्लङ्घन गर्दै स्वदेश फिर्ताको माग गर्दै सिंहदरबार अगाडि बिरोध प्रर्दशनका क्रममा नेपाल प्रहरी माथी हातपात गर्ने चिनियाँ नागरिकलाई कारबाहीको माग गर्दै तौहिलावा भद्र प्रर्दशन गरिएको छ । तौलिहवास्थित प्रशासन कार्यालय अगाडि सामाजिक दुरी कायम गरी ५ जना युवाहरुले छातीमा कारबाहीको माग सहीतको कार्ड टागेका हुन् । ड्युटीको पालना गरिरहेका प्रहरीमाथि चिनियाँ नागरिकले बर्दी तान्ने, धकेल्ने र हातपात गनै कार्य निन्दनीय रहेको भन्दै दोषीमाथी कडा कारबाही हुनु पर्ने माग गरे । कारबाहीको माग गदै प्रर्दशन गरेका युवा नेता राम निवास यादवले सरकारले जारी गरेको लकडानउको उल्लङ्घन गर्दै बिरोध प्रर्दशन गर्ने र उल्टै प्रहरीमाथि जाई लाग्ने कार्य निन्दनीय रहेको भन्दै त्यसमा संलग्नलाई कारबाहीको माग गरे । शुक्रवार सिंहदरबारमा चिनियाँ नागरिकले सिंहदरबारमा स्वदेश फिर्ता गर्न माग गर्दै प्रर्दशन गरेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा चिनिया नागरिकले अटेर गरी उल्टै प्रहरीलाई हात हालेपछि झडप भएको थियो । झडपमा एक जना महिला प्रहरी र तीन जना चिनियाँ नागरिक गरी चार जना घाइते भएको जनाइएको थिए । केही समयको झडप पश्चात प्रहरीले चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























