लेखक कल्पना सदस्य अपाङ्ग महिला संघ(NDWA)
दिदि आज के खाजा बनाउनु भएको छ ? नमस्कार सर,आज त हजुरहरुको लागि भनेर सेलरोटी बनेको छ । ए होर ! दिनुस्न त खानु पर्यो, कति वटा ल्याउ सर ? दुई वटा मिठो भए थपौलानी । साहुनीले सेलरोटी र अचार दिएर जानछिन्। दीदि ए दीदि एता आउनुस् त ! एका पट्टि मसिनो र बाङ्गिएको सेल रोटी देखाएर हाँस्दै ग्राहकले भन्नु भयो । सेल रोटी पनि “अपाङ्ग” जस्तो , अर्को ल्याउनुस् खान्न म त यो भनेर फर्काउनु भयो । छेउमै बसेर खाजा खादै गरेकी म झस्के र हामिले कहिले काहि आमाले भन्ने गरेको उखान तोरीको फुल देखे भन्ने सुनेकी थिए । त्यो समय मेरालागि बास्तबमै तोरीको फुल देख्नुको साथै म बसेको जमिन भासिएको अनुभव गरे । शनिबारको दिन जाडोको महिना एउटा पार्कमा युवा युवती पारिलो घाम संगै सेल्फीमा मस्त देखिन्थे । यत्तिकैमा एक जनाले आबि अपाङ्ग जस्तो देखियो भन्ने आवाज सुने पछि नजर लगाएर खोजे देखिने खालको अपाङ्गता कतै भेटीन । आखिर दृष्टिबिहिनहरुले कालो चस्मा लगाउने हुदा त्यहाँ पनि कालो चस्मा लागाउनेलाई अपाङ्ग जस्तै देखियो भन्न खोजिएको रहेछ । एक दिन बाटोमा हिड्दै गर्दा मानिसको भिड देखे रोकिए एक जना पढेलेखेका प्रोफेस्नल मान्छेको कारणबस हातका दुईटा औंला थिचियर फुटेछ । वहाले भन्दै हुनुन्थ्यो अरुत ठिकै औंला काट्न पर्यो भने अपाङ्ग भईने भयो । त्यो बेला दुखाई भन्दा पनि अपाङ्गता भईने भईयो भन्ने डरको दुखाई बढि भएको थियो ती व्यक्तिलाई । यी उधाहरण मात्र हुन । २१ औं सताप्दिमा पनि अपाङ्गता भएका नागरिकलाई त्यसरी बुझ्नु सान्दर्भिक होला ? अहिले सम्म हाम्रो समाजले अपाङ्गता भनेको नराम्रा,लुरे,ख्याउटे,बाङ्गीयका,मगन्ते ,नजान्ने,केहि गर्न नसक्ने,बिचरा,दया र हाँस्यको पात्र मात्र हुन्छन् भन्ने बुझाई बाट हाम्रो समाज कहिले माथी उठ्ला ? हामि सधै अरुका कुरामा अड्कल मात्र गर्छौ किनकी उ अपाङ्गता छ, त्यसैले हामिले जस्तो गर्न सक्दैन होला ? आखिर अपाङ्गता संग किन यसरी तर्सिन्छौं हामी ? के हो अपाङ्गता भनेको ? मानिस जन्मे पछि मृत्यु अनिबार्य छ र अपाङ्गता कुनै पनि बेला आउने परिस्थिति जन्य अबस्था हो । न कि उनिहरु माथि घरपरिवार,समाज र राज्यले दिएका बिभिन्न उपमा । तर अब अपाङ्गता भएका व्यक्तिहरु भने आफु माथि जबरजस्ति थोपरिएका उपमा बिना राज्यका अन्य नागरिक सरह मानवताको पहिचान “म” भएर बाच्न चाहान्छन् । त्यसैले अपाङ्गता एउटा परिस्थिती जन्य अबस्था हो ,यो अबस्था जो,जहाँ,जस्लाई,जतिबेला पनि निम्तिन सक्छ । हामि सबै चेतनसिल हौं ,जानेका र बुझेका पनि छौं तर “म” लाई संबेदनशिल बनाउन सकिरहेका छैनौंकी ? तर अबसर दिउँ आबस्यक परेको खण्डमा सहयोग गरौँ न, भन्न सकियो भने सबै भन्दा उत्तम हुन सक्छ । तर यो भन्दै गर्दा पतिपय अबसर नदिईएकोपनि छैन,दिदै गर्दा अपाङ्गता भएका अबसर दिने व्यक्तिलाई उसले साङ्ग जस्तो गर्न सक्दैन किन दिएको भनेर स्पस्टिकरण दिनु परेका उदाहरण पनि छन् हामी संग । “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि महासन्धि”(UNCRPD) नेपाल सरकारले अक्षरस पालना गर्ने भनि अनुमोदन गरि घरेलु करण गरेको पनि बर्षौ बितिसकेको छ ।
यसमा भएक पचास धारा मध्य एउटा उधारण “ मानव विविधता र मानवियताको अङ्गको रुपमा अपाङ्गता भएका व्यक्तिको सम्मान” गर्नु पर्छ । अर्को खुसीको कुरा अपाङ्गता भएका व्यक्तिहरुकै पहलमा नेपालको संविधान २०७२ लेपनि धेरै कुरा समेटेको छ ।
खालि यसलाई कार्यान्वयनमा समस्या भएको भनेर गुनासो आउने गर्छ। कुनै पनि मानवको संरचना धेरै अंङ्ग मिलेर बनेको हुन्छ हामिले त्यति संकुचित सोच राख्नु हुदैनकी कसैको एउटा वा दुईटा अंङ्ग कमजोर वा काम गर्न नसक्ने हुदैमा त्यो व्यक्ति कामै नलाग्ने अथवा असक्षम हुन्छ भन्ने सोचमा हामिले परिवर्तन ल्याउनु पर्छ । परिवर्तन अरुले गरेपछि भन्दा पनि आफु बाटै सुरु गरौं बास्तबिक सोचमा परिवर्तन मैले “म” बाट नै सुरु गरे भने अपाङ्गता भएका व्यक्तिको लागि मात्र होईन सबैकालागि सधै सहजता हुन सक्छ ।