कपिलवस्तु जिल्लामा २ जना संक्रमित संगै कोभिड १९ संक्रमितको संख्या १०१ पुगेको छ । राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौको रिपोट अनुसार कपिलवस्तुमा २ जना पुरुषमा कोरोनाको संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन । भारतको बम्बईमा मजदुरी गर्दै आएका दुई जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु नेपाल भारत सिमा चाकलचौडा बाट नेपाल प्रवेश गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए ।