कपुरी,डेक्स

शिवराजमा १३ हजार सयपत्री फूलका बिरुवा वितरण
कपिलवस्तु । शिवराज नगरपालिकाले प्लास्टिकका माला प्रयोगमा कमी ल्याउँदै स्थानीयस्तरमै फूलको उत्पादन बढाउने उद्देश्यले १३ हजार सयपत्री फूलका बिरुवा वितरण गरिएको शान्ति माया अधिकारीले जानकारी दिनुभयो ।

नगरपालिकाले प्लास्टिकका माला विस्थापन गर्ने  अभियानअन्तर्गत किसानहरूलाई निःशुल्क सयपत्री फूलका बिरुवा वितरण गरेको हो।

नगरपालिकाले गत वर्षदेखि प्लास्टिकका माला बिक्रीमा रोक लगाउँदै आएको र नगर क्षेत्रभित्र प्लास्टिकका माला पूर्ण रूपमा विस्थापन गर्ने लक्ष्य लिएको जनाएको छ।

सयपत्री फूलको खेतीलाई प्रोत्साहन गर्दै स्थानीय किसानलाई आम्दानीको अवसर सिर्जना गर्ने तथा तिहारलगायत विभिन्न पर्वमा आवश्यक पर्ने फूल स्थानीय उत्पादनबाटै उपलब्ध गराउने उद्देश्यले बिरुवा वितरण गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार १३ हजार बिरुवा वितरण भइसकेका छन्। यस अभियानले प्लास्टिक तथा कृत्रिम मालाको प्रयोग घटाउनुका साथै स्थानीयस्तरमा फूल खेतीको प्रवर्द्धन हुने अपेक्षा गरिएको

छ।