कपुरी,डेक्स।
कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा आज शनिबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एक कारले साइकललाई ठक्कर दिएपछि भाग्ने क्रममा ई–रिक्सा, अटो रिक्सा र मोटरसाइकललाई समेत ठक्कर दिँदा दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बुटवल रिफर गरिएको छ। घाइतेमध्ये ५ जना विद्यार्थी रहेका छन्। उनीहरू राष्ट्रिय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट कक्षा १२ को पूरक परीक्षा दिएर अटो रिक्सामार्फत घर फर्किने क्रममा दुर्घटनामा परेका हुन्।

दुर्घटनाको थप विवरण घाइतेहरूको परिचय तथा घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको छ।