बाणगंगा क्षेत्रमा जेनजी आन्दोलन उग्र बनेपछि पोख्रेलको घरमा तोडफोड र आगजनी
कपिलवस्तु – बाणगंगा नगरपालिका क्षेत्रमा जेनजी आन्दोलन उग्र बनेपछि नेकपा (एमाले)का नेता तथा जिल्ला भूमि समस्या समाधान आयोगका अध्यक्ष झविलाल पोख्रेलको घरमा बुधबार तोडफोड र आगजनी भएको छ।
घटनापछि शुक्रबार पोख्रेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफू विचलित नभएको र जीवनभर भ्रष्टाचारविरुद्धको संघर्षलाई निरन्तरता दिने बताएका छन्। उनले लेखेका छन्, “मेरो घरमा आगजनी र तोडफोड भएको छ तर पनि म विचलित छैन। मैले कसैबाट एक रुपैयाँ पनि खाएको छैन। म जहाँ भए पनि सधैं भ्रष्टाचारको विरोधी हुँ।”
पोख्रेलले अहिले भइरहेको भ्रष्टाचारविरुद्धको आन्दोलनमा समर्थन रहने स्पष्ट गर्दै लोकतन्त्रको रक्षा गर्न सबैलाई आह्वान गरेका छन्।
घटनापछि स्थानीय बासिन्दा र एमाले नेताहरूले तोडफोड तथा आगजनीलाई निन्दा गर्दै पोख्रेलप्रति ऐक्यवद्धता जनाएका छन्। उनीहरूले इमानदार नेतामाथि भएको आक्रमणलाई लोकतन्त्रविरुद्धको षड्यन्त्रको संज्ञा दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























