शिवराज ७ मा कृषक सम्मान तथा बीउ वितरण कार्यक्रम सम्पन्न
दिपक खड्का ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ७ मा कृषक सम्मान तथा बीउ वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा १५० जना कृषकलाई सम्मान गर्नुका साथै उन्नत बीउ वितरण गरिएको हो।

Oplus_131072
कार्यक्रममा बोल्दै वडा अध्यक्ष अनुप कुमार चौधरीले कृषकहरू देशको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको योगदानको कदर गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले आधुनिक कृषि प्रविधि अपनाउँदै उत्पादन वृद्धि गर्न कृषकलाई प्रोत्साहन गरिने पनि जानकारी दिनुभयो।
वडा सचिव राम प्रसाद चौधरीका अनुसार कार्यक्रममा सहभागी कृषकहरूलाई आवश्यकताअनुसार विभिन्न प्रकारका उन्नत बीउ वितरण गरिएको थियो। साथै, कृषिमा आत्मनिर्भर बन्न र उत्पादन बढाउनका लागि कृषकलाई प्रेरित गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।
कार्यक्रममा स्थानीय कृषक राम लोटन कुर्मीले यस्ता कार्यक्रमले कृषकहरूलाई हौसला प्रदान गर्ने बताउँदै बीउ वितरणले उत्पादन वृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रम वडा अध्यक्ष अनुप कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा जनप्रतिनिधि, कृषक, स्थानीय बुद्धिजीवी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























