अभिषेक प्रताप शाहद्वारा जनतासँग माफी सकारात्मक राजनीतितर्फ अघि बढ्ने प्रतिबद्धता।
नेपाली कांग्रेस नेता तथा पूर्व सांसद अभिषेक प्रताप शाहले आफ्नाे फेसबुकमार्फत जनतासँग माफी मागेका छन्।
संविधानसभा सदस्य समेत रहिसकेका शाहले हिजाे राति सामाजिक सञ्जालमा भावुक अभिव्यक्ति दिँदै विगतमा आफूसँग कुनै गल्ती भएको भए माफ गरिदिन आग्रह गरेका हुन्। उनले आफ्ना आदरणीय जनतालाई “लोकतन्त्रका राजा” सम्बोधन गर्दै, जनताको सम्मान नै आफ्नो प्राथमिकता रहेको बताएका छन्।
शाहको पोस्टलाई उनका शुभेच्छुकहरूले सकारात्मक रुपमा स्वागत गर्दै उहाँलाई यो क्षेत्रका लागि आवश्यक नेतृत्वकर्ता भन्दै समर्थन जनाएका छन्।
विगतमा आफ्ना केही विवादास्पद अभिव्यक्ति र फेसबुक पोस्टका कारण कसैको मन दु:खी भएको हुनसक्ने स्वीकार गर्दै शाहले ती विचार व्यक्तिगत मात्र भएको र कसैलाई चोट पुर्याउने नियत नरहेको स्पष्ट पारेका छन्।
अब आफू सकारात्मक राजनीतिमा ध्यान केन्द्रित गरी अगाडि बढ्ने प्रतिबद्धता शाहले जनाएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























