शिवराजमा राप्रपाको नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न
शिवराज नगरपालिका-५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नगर स्तरीय अगुवा कार्यकर्ताहरूको भेला सम्पन्न भएको छ।

भेलामा सबै वडाबाट प्रतिनिधित्व रहेको थियो भने कार्यक्रमको अध्यक्षता राप्रपा शिवराज नगर समितिका अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो ।
बैठकले आगामी भदौ १५ गतेसम्म सम्पूर्ण वडामा संगठन विस्तार गरी वडा अधिवेशन सम्पन्न गर्ने र त्यसपछिको प्राथमिकता नगर अधिवेशनलाई दिने निर्णय गरेको अध्यक्ष केसीले जानकारी दिनुभयो।
कार्यक्रममा केन्द्रीय सदस्य तथा युवा नेता अजय थापा प्रमुख अतिथिका रूपमा सहभागीता रहेको थियो । नेता थापाले पार्टी संगठन सुदृढीकरणमा युवाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेश कोषाध्यक्ष कृष्णप्रसाद पौडेल, प्रशिक्षण विभाग प्रदेश प्रमुख रामचन्द्र अधिकारी, र युवा नेता सन्तोष चौधरीलगायतका नेताहरूको विशिष्ट आतिथ्यतामा रहेको थियो ।
बैठकमा सहभागी नेताहरूले संगठन सुदृढीकरण, कार्यकर्ताको सक्रियता र आगामी अधिवेशनको सफल आयोजनाका लागि सबै तहबाट सक्रिय सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























