कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु
विजयनगर, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका–११ झिंगाहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका ५५ वर्षीय बेचन तेलि रहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ।
प्रहरीका अनुसार तेलि पानी तान्ने मोटर संचालन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि शिवराज अस्पताल, बाहादुरगञ्ज लगिएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले मृत घोषित गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























