दिपक खड्का, चन्द्रौटा, कपिलवस्तु ।

कपिलवस्तु नगरपालिकाको आयोजनामा सञ्चालित आठौं मेयर कप क्रिकेट प्रतियोगितामा सोमवार सम्पन्न खेलमा वडा नं. ४ ले वडा नं. २ लाई १० रनले पराजित गर्दै जित हात पारेको छ।

कपिलवस्तु नगरपालिकास्थित खेलमैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको वडा नं. ४ ले निर्धारण २० ओभरमा ११३ रनको योगफल खडा गर्‍यो । जवाफी ब्याटिङमा उत्रिएको वडा नं. २ ले निर्धारित २० ओभरमा १०३ रन मात्र बनाउन सक्यो। लक्ष्यभन्दा १० रनले पछि परेपछि वडा नं. २ पराजित भयो।

वडा नं. ४ का ममताज अली दर्जीले ४० रनको उत्कृष्ट योगदान दिँदै टोलीलाई सहज जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। प्रतियोगिता कपिलवस्तु नगरपालिकाको समन्वयमा सञ्चालन खेलमा   विभिन्न वडाबीच कडा प्रतिस्पर्धा देखिएको छ।