कपिलवस्तु नगरपालिका-८, मैनिहवामा हावाहुरीका कारण रुख ढलेर एक बालिकाको मृत्यु भएको छ।

१४ वर्षीया सुखना केवटको रुखले च्यापिँदा ज्यान गएको हो। प्रहरीका अनुसार शुक्रबार दिउँसो हावाहुरी चलिरहेको बेला उनी बगैँचामा आँप टिप्न गएकी थिइन्। सो क्रममा अचानक रुख ढलेर उनलाई च्यापेको थियो।

घाइते अवस्थामै उनलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो। तर, उपचार अघि नै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिनुभएको छ।