माटोको ढिस्कोले पुरिँदा बिजयनगरमा १ जनाको मृत्यु, १ जना घाइते
कपिलवस्तु – कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका–१ नेवलगञ्जमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
नेवलगञ्जमा निर्माणाधीन झोलुङ्गे पुलको फाउन्डेसन खन्दै गर्दा बिहान करिब ११ बजे माटोको ढिस्को खस्दा सो घटना भएको हो।
माटोले पुरिएर बिजयनगर-१ नेवलगञ्ज निवासी अन्दाजी ३० वर्षीय केशव थापाको घटनास्थलमै मृत्यु भएको आधारभूत सेवा अस्पताल चन्द्रौटाले पुष्टि गरेको छ।
उक्त घटनामा सोही स्थानका अन्दाजी ४८ वर्षीय सर्जुलाल चौधरी घाइते भएका छन्। उनलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























