सपना पुरा भयो:मेयर थापाको पहलमा अपाङ्गता भएका नागरिकलाई कृत्रिम खुट्टा
दिपक खड्का
कपिलवस्तु,शिवराज-शिवराज नगरपालिकाको आर्थिक सहयोग र मारवाडी सेवा समिति नेपालको प्राविधिक समन्वयमा श्री पशुपति गौशाला धर्मशालाको सहकार्यमा कृत्रिम खुट्टा वितरण कार्यक्रम सम्पन्न भएको छ।
महिला तथा बालबालिका शाखाकी जिवा केसीले शिवराज नगरपालिकाका १२ जना अपाङ्गता भएका व्यक्तिहरूलाई कृत्रिम खुट्टा वितरण गरिएको बताउनु भयो ।
कृत्रिम खुट्टा प्राप्त गरेपछि आफ्नो अनुभव सुनाउँदै चोप बहादुर जि.सी.ले भन्नु भयो म २०५९ सालदेखि नै कृत्रिम खुट्टा प्रयोग गरिरहेको छु। लडेर खुट्टामा समस्या आएपछि धेरै ठाउँमा गई खुट्टा बनाए तर अहिलेको नयाँ खुट्टा पुरानोभन्दा धेरै सजिलो र आरामदायी भएको बताउनु भयो ।
अर्का लाभग्राही पदम राईका अनुसार ७ वर्षअघि दुर्घटनामा परेर उहाँले दुवै खुट्टा गुमाएको बताउदै त्यसयता ह्वीलचेयरको सहायताले जीवनयापन गर्दे आएको र अहिले कृत्रिम खुट्टा लगाएपछि बैशाखीको सहायताले हिँडडुल गर्न थालेको छु। भविष्यमा बिना बैशाखी हिँड्न सक्ने भएपछि नगरपालिका नगर प्रमुखलाई भेटना आउने बताउनु भयो ।
मारवाडी सेवा समितिका राजेशकुमार अग्रवालले कार्यक्रमलाई सफल बनाउन पाएको अवसरप्रति खुसी व्यक्त गर्दै शिवराज नगरपालिकालाई धन्यवाद दिनुभयो । उहाँले पालिकासँग सहकार्य गर्दै अन्य सेवा पनि प्रदान गर्न तयार रहेको बताउनु भयो ।
कार्यक्रमकामा समितिका संयोजक अशोककुमार अग्रवालले कृत्रिम खुट्टा प्राप्त गरेका लाभग्राहीहरूलाई निरन्तर नि:शुल्क सेवा प्रदान गरिने जानकारी दिनुभयो ।
शिवराज नगरपालिकाका मेयर अजय थापाले नगरभित्र खुट्टा गुमाएका व्यक्तिहरूलाई कृत्रिम खुट्टा उपलब्ध गराउनु मेरो व्यक्तिगत सपना थियो, जुन आज पूरा भएको छ। खुट्टा गुमाउनु सामान्य लागे पनि पीडित व्यक्तिका लागि र मेरो लागि यो गर्वको विषय भएको बताउनु भयो ।
नगरपालिकाकी उप-मेयर शिवकुमारी थारुले अपाङ्गता भएका व्यक्तिहरूको माग अनुसार विगतका वर्षहरूमा पनि सहायक सामग्री वितरण हुँदै आएको र यस वर्षको कार्यक्रम झनै प्रशंसायोग्य रहेको बताउनु भयो । उहाँले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिनुभयो ।
कार्यक्रम उप-प्रमुख तथा अपाङ्गता समन्वय समितिकी संयोजक शिवकुमारी थारुको अध्यक्षता र महिला तथा बालबालिका शाखाकी जिवा केसीको सञ्चालनमा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























