चन्द्रौटा, कपिलवस्तु ।

शिवराज नगरपालिका- २ स्थित अस्सीविगाह क्षेत्रमा पटक-पटक देखिँदै आएको लो-भोल्टेज समस्या अन्तत भएको छ। स्थानीय बासिन्दाहरूले लामो समयदेखि झेल्दै आएको यस समस्याको समाधानका लागि निरन्तर प्रयास गर्दै आएका थिए।

कृष्णनगर वितरण केन्द्रका प्रमुख सुशील पौडेललाई पटक-पटक जानकारी गराएपछि उहाँको निर्देशनमा चन्द्रौटा फियुज सेवा प्रमुख लक्ष्मण पोखरेलले स्थलगत निरीक्षण गरी समस्या समाधानमा सक्रिय भूमिका खेलेका थिए । विद्युत् कर्मचारी शिव रत्न थारूले पोखरेलको अग्रसरतामा समस्या समाधान सम्भव भएको बताउनु भयो ।

झण्डै एक वर्षदेखि शिवराज क्षेत्रका विभिन्न स्थानहरूमा विद्युत् सेवा सुधार र लाइन विस्तारका लागि क्रियाशील रहँदै आएका पोखरेलको मेहनतको सराहना गर्दै चन्द्रौटा निवासी अरुण सेनले पोखरेलज्यूको योगदान निकै प्रभावशाली भएको बताउनु भयो ।

वडा नं. २ मा नयाँ ट्रान्सफर्मर जडान भएपछि विद्युत् प्रवाहमा सुधार आएको र लो-भोल्टेज समस्या कम भएको स्थानीय शिशिर खत्रीले बताउनु भयो । अहिले विद्युत् आपूर्तिमा आएको सुधारले स्थानीय बासिन्दामा खुसीको लहर छाएको छ ।

स्थानीयवासी दिपक सुनारले पहिले घरमा इ-रिक्सा चार्ज गर्न सकिँदैनथ्यो र मोटर, पंखा जस्ता उपकरणहरू चल्दैनथे अब ती सबै समस्या हटेको र  स्थानियहरु खुसी भएको बताए ।