गरिब परिवारलाई जस्तापाता वितरण छानोमुक्त बनाउने अभियान तीव्र
कपिलवस्तु
शिवराज नगरपालिका वडा न.५ ले आइतबार एक विशेष समारोहबीच १७ घरपरिवारलाई जस्तापाता वितरण गरेको छ। वडाको सक्रिय पहलमा सम्पन्न कार्यक्रमले वडालाई खरको छानोमुक्त क्षेत्र बनाउने अभियानलाई थप गति दिएको हो ।
समारोहमा वडाध्यक्ष नेत्र प्रसाद बेल्वासेले जस्तापाता वितरणको उद्देश्य र यसको महत्वबारे जानकारी दिनुहुँदै भन्नुभयो हामी निरन्तर जनताको आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ।
जस्तापाताको वितरणले वडावासीहरूलाई वर्षायाममा छानो चुहिने समस्याबाट बचाउनुका साथै आगलागीका सम्भावना पनि कम गर्नेछ।
वडाले विगतमा पनि विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै अध्यक्ष बेल्वासेले थप्नुभयो हाम्रो मूल लक्ष्य जनताको जीवनस्तर उकास्नु हो।
आगामी दिनहरूमा पनि यस्ता जनकल्याणकारी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जानेछौँ। कार्यक्रममा वडा सदस्यहरू, स्थानीय समाजसेवीहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























