नेकपा माओवादी केन्द्रमा नेसपा र एमालेका नेता तथा समर्थक प्रवेश
कपिलवस्तु, बहादुरगञ्ज – नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय सदस्य रहिस शाह, पूर्व सांसद इलियास मुसलमान, तथा नेकपा एमाले मुस्लिम इत्तिहाद नगर उपाध्यक्ष मकबुल आलम जिलानी, मुस्तफा बढई लगायतका नेताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
नेसपाका कपिलवस्तु जिल्ला अध्यक्ष बदरे आलम, उपाध्यक्ष महोम्मद हई, सचिव सतेन्द्र चर्तुवेदीसहित जिल्ला समितिका सदस्यहरू समेत माओवादी केन्द्रमा समाहित भएका हुन्। उनीहरू समर्थकसहित १,७५५ जनाको संख्यामा प्रवेश गरेको नेता शाहले जानकारी दिएका छन्।
नेता शाहले देश विकासको लागि माओवादी केन्द्र बाहेक अर्को विकल्प नभएको उल्लेख गर्दै प्रचण्ड नेतृत्वको सरकारको पालामा सुशासन र भ्रष्टाचार नियन्त्रण भएको जनाए। साथै, दलित, मधेसी, मुस्लिम र थारू समुदायको हक–अधिकार सुनिश्चित गर्न माओवादी नै अग्रणी भएको दाबी गरे।
कपिलवस्तुको बहादुरगञ्जमा आयोजित ‘तराई–मधेश हुलाकी जागरण अभियान’ अन्तर्गत आयोजित विशेष कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिका लगाई प्रवेश गराएका थिए। कार्यक्रममा प्रचण्डले माओवादीको लोकप्रियता फेरि बढ्दो रहेको र यो अभियान सडकका आवाजलाई संसदसम्म पुर्याउने माध्यम भएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























