निलम्बित न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ
काठमाडौँ,
वैवाहिक बलात्कारको आरोपमा थुनामा परेका निलम्बित न्यायाधीश भुवन गिरीले अन्ततः सफाइ पाएका छन्। उच्च अदालत पाटनको संयुक्त इजलासले उनलाई उक्त मुद्दामा निर्दोष ठहर गर्दै सफाइ दिएको हो।
न्यायाधीश लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले आइतबार (२०८१ वैशाख १ गते) गिरीलाई दोषमुक्त घोषणा गरेको हो। यसअघिका अदालती प्रक्रिया अनुसार जिल्ला अदालत काठमाडौं र त्यसपछिको पुनरावेदनमा उच्च अदालत पाटनले उनलाई धरौटीमा छाड्ने आदेश दिएका थिए। तर सर्वोच्च अदालतले २०८० चैत २१ गते गिरीलाई पुनः थुनामा पठाउने आदेश दिएको थियो।
गिरीमाथि वैवाहिक बलात्कारको आरोप लागेपछि उनी निलम्बनमा परेका थिए। उक्त मुद्दा सुरुदेखि नै चर्चाको विषय बनेको थियो, किनकि आरोपित व्यक्ति स्वयं न्याय क्षेत्रमै क्रियाशील थिए।
अदालतको पछिल्लो फैसलासँगै गिरी कानुनी रूपमा सफाइ पाए पनि घटनाले न्याय प्रणालीमा आन्तरिक अनुशासन र विश्वसनीयता सम्बन्धी बहस भने चर्काेेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























