अजय पाण्डेको विस्फोटक ब्याटिङ, वडा नं ५ च्याम्पियन
दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।
शिवराज नगरपालिकामा जारी मेयर तथा उपमेयर क्रिकेट कप २०८१ को उपाधि वडा नं ५ ले जितेको छ। फाइनल खेलमा वडा नं ५ का अजय पाण्डेले ४७ रनको उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोलीलाई ऐतिहासिक जित दिलाएका थिए ।

शुरुवाती ओभरहरूमा दबाबमा रहेको वडा नं ५ ले अन्तिमतिर उत्कृष्ट पुनरागमन गर्यो। सोह्रौं ओभरमा सुर्जित चौधरीको बलमा १ बल डट खेलेका अजय पाण्डेले अन्तिम ५ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै २६ रन जोडना सफल भए । उनले आफ्नो टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्याए।

पहिले ब्याटिङ गरेको वडा नं ५ ले १६ ओभरमा १२२ रन बनायो। जितका लागि १२३ रनको लक्ष्य पछ्याएको वडा नं ६ ले १६ ओभरमा ९८ रन मात्र बनाउन सक्यो। अन्ततः वडा नं ५ ले २४ रनको जित दर्ता गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो। लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको वडा नं ६ ले फाइनलमा भने उपविजेतामा चित्त बुझाउन बाध्य भयो।

खेलमा अजय पाण्डे -४७ रन,प्रज्वल थापा -२२ रन,विज्ञान सुनार -२० रन,विनय खड्का -१० रन र पारस सुनार – ८ रन बनाएका थिए । वडा नं ६ का ब्याटरहरुले जोडेको योगफल सुरेश सुर्जित-२९ रन,अनिल कुमार चौधरी-१६ रन,सहबाज-१० रन,आशिफ खान-५ रन,संदीप चौधरी-४ रन,अमन सिंह-३ रन,अर्बाज-२ रन,राज कुमार-२ रन र विजय-१ रन बनाएका थिए । विजेता टिम वडा नं ५ का खेलाडी, प्रशिक्षक तथा समर्थकहरूले भव्य जितको खुसीयाली मनाएका थिए । शिवराज नगरपालिकामा आयोजित मेयर तथा उपमेयर कप २०८१ को सफल समापनसँगै खेलकुद समितिका संयोजक सन्तोष चौधरीको संयोज्कत्वमा सम्पन्न भएको थियो ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























