गैर आवासीय नेपाली संघ मलेसियाद्वारा नेपाल क्रिकेट संघ (CAN) का उपाध्यक्ष रोशन सिंह सम्मानित
मलेसिया ।
गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाले नेपाल क्रिकेट संघ (CAN) का उपाध्यक्ष रोशन सिंहलाई विशेष सम्मान प्रदान गरेको छ। नेपाल क्रिकेटको विकासमा सिंहको महत्वपूर्ण योगदानलाई कदर गर्दै संघले मलेसियामा आयोजित एक विशेष समारोहमा सम्मान गरिएको हो।
उपाध्यक्ष सिंहको नेतृत्वमा नेपाल क्रिकेटमा महत्वपूर्ण सुधार हुनुका साथै नेपाली क्रिकेटले उल्लेखनीय प्रगति गरेको छ । सिंहको पहल र व्यवस्थापन क्षमताका कारण नेपाल क्रिकेटले पछिल्लो समय सुधार हुदै आएको छ । नेपाल क्रिकेटले दिन प्रतिदिन अन्तर्राष्ट्रिय स्तरमा आफूलाई स्थापित गर्न सफल भइरहेको छ ।
सम्मान कार्यक्रममा उपस्थित वक्ताहरूले सिंहको नेतृत्वले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याएको उल्लेख गरेका थिए । विदेशमा रहेका नेपाली क्रिकेटप्रेमीहरूका लागि सिंह प्रेरणाको स्रोत भएको पनि बताए । सम्मानले नेपाली क्रिकेट विकासमा थप टेवा पुग्ने र आफुलाई क्रिकेटमा समर्पित हुन उर्जा र विश्वास बढेको उपाध्यक्ष सिंहले बताउनु भयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























