४-० को शानदार जित ! मेयर तथा उपमेयर कप २०८१ वडा नं ९ को नाममा
दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।
शिवराज नगरपालिकाद्वारा आयोजित मेयर तथा उपमेयर कप २०८१ फुटबल प्रतियोगितामा वडा नं ९ ले उत्कृष्ट प्रदर्शन गर्दै वडा नं १ लाई पराजित गरी उपाधि आफ्नो नाम गरेको छ ।

खेलको प्रारम्भमा टस वडा नं १ ले जितेर खेल मैदानको दक्षिण भागको गोलपोष्ट रोजेको थियो । खेलको पहिलो हाफमा वडा नं ९ ले १ गोल गर्दै अग्रता लिएको थियो भने दोस्रो हाफमा वडा नं ९ का खेलाडीहरूले आक्रमक खेल प्रदर्शन गर्दै थप ३ गोल गरेका थिए ।
खेलको अन्त्यसम्म वडा नं ९ को जित ४-० को शानदार अन्तरले सुनिश्चित भएको थियो । खेलको क्रममा वडा नं ९ का खेलाडीहरूले बल नियन्त्रणमा राख्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । वडा न ९ को खेलाडी टोलीबीचको राम्रो तालमेलका कारण वडा नं १ लाई खेलमा फर्किन गाह्रो भएको थियो । प्रतियोगिताको क्रममा वडा नं ९ का खेलाडीहरू आकाशी रंगको जर्सीमा मैदान प्रवेश गरेका थिए भने वडा नं १ का खेलाडीहरूले पहिलो जर्सीमा सजिएका थिए।
शिवराज नगरपालिकाको प्रतिष्ठित फुटबल प्रतियोगितामा वडा नं ९ ले आफ्नो पोल्टामा पार्नुको मुख्य कारण उत्कृष्ट समन्वय र रणनीतिक योजनाका भएको खेल पत्रकार सुर्य गुरुङ्गले बताउनु भयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























