दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका-१ गुगौलीस्थित दुधाधारी नमुना माध्यमिक विद्यालयको १५ कोठे नयाँ भवन उद्घाटन गरिएको छ । भवन उद्धाटन समारोहमा प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पोखरेलले शिक्षालाई व्यवसायिक र गुणस्तरीय बनाउनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

पोखरेलले शिक्षाको गुणस्तर सुधार गर्न नियमित अनुगमनको आवश्यकतामा जोड दिँदै शिक्षकहरू कक्षाकोठामा नियमित उपस्थित भई प्रभावकारी शिक्षण विधिहरू अपनाउनु पर्ने उल्लेख गर्दे विद्यार्थीहरूलाई व्यवसायिक रूपमा सक्षम बनाउन व्यावसायिक तथा प्राविधिक शिक्षाको विस्तार अपरिहार्य रहेको बताउनुभयो।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रधट कोरीले नयाँ भवन निर्माणपछि विद्यार्थीहरूलाई अध्ययनका लागि सहजता भएको बताउदै । समितिले पनि शिक्षक तथा विद्यार्थीहरूको नियमितता र शिक्षाको गुणस्तर सुधारका लागि थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीय नेता, जनप्रतिनिधिहरू, शिक्षक, अभिभावक, विद्यार्थी तथा समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो।