दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।
शिवराज नगरपालिका वडा नं. ४ को सहयोग र कपिलवस्तु विकास मञ्चको आयोजनामा तीन दिने प्रस्तावना लेखन तथा नेतृत्व विकास तालिम वडा न ४ मा सञ्चालन भएको छ ।
वडामा रहेका किशोर,किशोरीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको र तालिममा ४० जनाको सहभागी रहेको वडा अध्यक्ष नसिम अहमद खाँले जानकारीदिनु भयो । वडा अध्यक्ष  खाँले युवाहरूको नेतृत्व विकासका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताउदै तालिममा सहभागीहरूलाई प्रतिवेदन लेखन, रिपोर्ट तयार पार्ने र प्रस्तावना लेख्ने जस्ता महत्वपूर्ण सीपहरू विकासका तालिम प्रदान गरिएको बताउनुभयो ।
 तालिम युवाहरूलाई भविष्यमा विभिन्न अवसरहरूमा अगाडि बढ्न सक्ने र आफ्नो विचारहरू प्रभावकारी ढंगवाट   प्रस्तुत गर्न सक्ने
सक्षम नेतृत्वकर्ता  बनाउने उपदेश्य राखिएको तालिमका प्रशिक्षक बिनोद केवटले बताउनु भयो ।