दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।

शिवराज नगरपालिका वडा न.१ शिवपुरमा रहेको नेपाल आदर्श माविले हालै सम्पन्न गरेको विद्यालयको स्वर्ण महोत्सव २०८१ को सन्दर्भमा संकलित सहयोग रकम र खर्च विवरण आज सार्वजनिक गरेको छ ।

विद्यालयलको कूल संकलित रकम आम्दानी रु  ३० लाख ६१ हजार ९ सय ५१ र  कूल खर्च रु २६ लाख १२ हजार १ सय ८ भएको विद्यालयका आर्थिक संयोजक नारायण बहादुर थापा गिरीले जानकारीदिनु भयो । गिरीले  विद्यालयको खातामा रु ४ लाख ४९ हजार ७ सय ६९ रहेको बचत हुने बताउनु भयो ।

विद्यालयको सभाहलमा आयोजित सार्वजनिक कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष खिम बिक्रम के.सी स्थानीय पत्रकार कमल बिष्ट र  समाजसेवी, विद्यालय व्यवस्थापन समिति तथा अभिभावक-शिक्षक संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

स्वर्ण महोत्सवका लागि संकलित सहयोग रकम शिवपुरका स्थानीय समाजसेवी,शिवराज नगरपालिका,विजयनगर गाउँपालिका, शिवराज नगरपालिकाका विभिन्न वडा तथा विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय समितिका पदाधिकारीहरूबाट प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रमान के.सीले जानकारीदिनु भयो । स्वर्ण महोतस्वका लागि विद्यालयका शिक्षकहरुवाट रु ३ लाख ३५ हजार ६ सय १६ को सहयोग प्रदान भएको के.सीले बताउनु भयो ।

महोत्सवमा संकलित रकम कुन-कुन शीर्षकमा खर्च गरिएको बारे विस्तृत जानकारी गराईएको विद्यालयका प्रचार्य मुक्तिनाथ पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार बचत रकमले सबैको मनोभावना अनुसार विद्यालय प्राङ्गणमा सरस्वती माताको मूर्ति तथा मन्दिर निर्माणका गर्नुपर्ने छलफलहरुवाट कुरा आएकोले कसरी अगाडी बढने विषयमा योजना बनाइने बताउनु भयो ।