दिपक खडका चन्द्रौटा,कपिलवस्तु ।

सिप सिकौँ आत्मनिर्भर बनौँ भन्ने उद्देश्यका साथ शिवराज नगरपालिका वडा नं. ३ को आर्थिक सहयोगमा हार्पिक, फिनाइल, र ट्रायल क्लिनर बनाउने सात दिने तालिममा २५ जना स्थानीय महिलाहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले तीनवटा आइटम बनाउन सिक्नुका साथै गुणस्तर, बजारीकरण तथा व्यवसायिकरणका विषयमा विस्तृत जानकारी गराइएको तालिमकी प्रशिक्षक कोपिला सुवेदीले जानकारी दिनुभयो ।

तालिममा सहभागी मन्नु चौधरी र आशा सुवेदीले मिलिजुली महिला विकास सहकारी संस्थाले महिलाहरुलाई एकजुट गराई व्यावसायिक सीप सिकाउने अवसर प्रदान गर्नु र यसमा वडाको सहयोगहुने विषय राम्रो भएको बताउदै  संस्थाले अझै थप सीप सिकाउने अवसर उपलब्ध गराए, भने उद्यमशीलता विकासमा ठूलो सहयोग पुग्ने बताउनु भयो । संस्थाकी अध्यक्ष दीपा बेल्वासेले आगामी योजनाबारे बताउदै संस्थाले उद्यमी महिलाहरुलाई थप तालिमहरु  दिँदै  अझ व्यवस्थित गरी गुणस्तर, सुरक्षा तथा बजारीकरणमा विशेष ध्यान दिदै अगाडी बढने बताउनु भयो । अध्यक्ष बेल्वासेले  स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्दै स्वरोजगार प्रवर्द्धन गर्ने लक्ष्य लिएको र सहभागीहरूले यस्ता व्यावहारिक तालिमलाई निरन्तरता दिने बताउनु भयो ।

कार्यक्रममा  लुम्बिनी प्रदेशका सांसद अर्जुन कुमार केसी शिवराज नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टेकलाल सापकोटा, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा, शिवराज नगरपालिकाका उप–प्रमुख शिवकुमारी थारु, शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य महादेव पोखरेल तथा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डेको उपस्थिती रहेको थियो।