कपुरी डेक्स चन्द्रौटा,कपिलवस्तु ।
प्रेस चौतारी नेपाल, कपिलवस्तु शाखाले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा शिवराज नगरपालिका वडा न.५ खैरी गाँउमा बस्दै आएका अनाथ बालबालिकाहरुलाई राहत सामग्री वितरण गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारीले दुबै अभिभावक गुमाएका चार दिदीबहिनीलाई सहयोग हस्तान्तरण गर्दै अनाथ बालबालिकालाई सहयोग गर्नु निकै प्रशंसनीय कार्य भएको बताउदै आफुले थप २ हजार सहयोग हस्तान्तरण गर्नु भयो र सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो । उक्त कार्यक्रमा नेकपा एमाले शिवराज नगर कमिटिका उपाध्यक्ष तथा वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटाले रु ५ हजार नगद सहयोग गर्नुभएको थियो ।
नेकपा एमाले जिल्ला कमिटी सचिव सिवि गहतराजले कपी, कलम सहित २५ के.जि. चामल तथा प्रेस चौतारी नेपाल कपिलवस्तुका इन्चार्ज राम प्रघट कोरीले ५० के.जि. चामल सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा शिवराज नगर उप-प्रमुख शिवकुमारी थारु,नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष महादेव पोखरेल, नेकपा एमालेका जिल्ला नेता सरोज पौडेल,वडा नं. ५ का वडा कमिटी अध्यक्ष प्रेम सुनार,प्रेस चौतारी प्रदेश सचिव हरि अधिकारी, प्रेस चौतारी प्रदेश सदस्य शरद अधिकारी पत्रकार महासंघ कपिलवस्तु शाखा सचिव शनिउल्लाह धोबी ,प्रेस चौतारी शिवराजका अध्यक्ष दिपक खडका र दलित पत्रकार संघ कपिलवस्तुका अध्यक्ष शम्भु विक लगायतको उपस्थिति रहेको थियो।
सामग्रीहरुको विवरण:
प्रेस चौतारी कपिलवस्तुको तर्फबाट:चामल – २५ किलोखाने तेल – ५ लिटरबेसार – २ पोकानुन – २ पोकासाबुन – १० वटासर्फ – २ पोकाचिनी – ५ किलो चिया पत्ती – १ किलो
मदिना गल्ला भण्डारबाट २५ किलो चामल सहयोग,सौगात ट्रेडर्सबाट नगद १,२०० सहयोग
प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने दाताहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रम बाबुराम रायमाझीको अध्यक्षता र सचिव संजिव गहतराजको सञ्चालनमा सम्पन्न भएको थियो।