दिपक खडका चन्द्रौटा,कपिलवस्तु ।
शिवराज नगरपालिकाको आयोजनामा तथा मारवाडी सेवा समिति नेपालको सहयोगमा अपाङ्गता सहायक सामग्री वितरणका लागि खुट्टा परीक्षण तथा नापजाँच शिविर सम्पन्न भएको छ । उक्त शिविर नगर प्रमुख अजय थापाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेल महिला तथा बालबालिका शाखा प्रमुख शारदा गुप्ताको उपस्थिति रहेको कार्यक्रम जिवा के.सीको सञ्चालनमा समपन्न भएको थियो ।
कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख थापाले अपाङ्गता भएका व्यक्तिहरुका लागि नगर गम्भिर भएको र नगरले लक्ष्ति वर्गहरुको पहुँचका लागि यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन गरिने बताउनु भयो ।
शिविरमा १० जना अपाङ्गता भएका व्यक्तिहरूको खुट्टा परीक्षण तथा नापजाँच गरिएको थियो। मारवाडी सेवा समिति नेपालका प्राविधिक टोली प्रमुख हरिराम वोगटीका अनुसार परीक्षण गरिएका व्यक्तिहरूलाई दुई महिनापछि कृत्रिम खुट्टा प्रदान गरिने बताउनु भयो । महिला तथा बालबालिका प्रमुख शारदा गुप्ताले शिविरमार्फत लाभान्वित व्यक्तिहरूले छिट्टै सहायक सामग्री प्राप्त गर्ने जानकारी दिएकी छिन्।