दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।

कपिलवस्तु, चन्द्रौटा – शिवराज जेसिजको ७औं पद हस्तान्तरण समारोह शुक्रवार लुम्बिनी सिद्धार्थ ग्रीन रिसोर्ट बालापुरमा सम्पन्न भएको छ। जेसिज २०२४ का अध्यक्ष केशब खनालले जेसिज २०२५ का नवनिर्वाचित अध्यक्ष रबिन पौडेललाई एक कार्यक्रम बिच पद हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा शिवराज नगरपालिकाका नगर-प्रमुख अजय थापा, उपप्रमुख शिवकुमारी थारु, शिवराज नगरपालिकाका पूर्व मेयर नेत्रराज अधिकारी, नगरपालिकाका सम्पूर्ण वडाका अध्यक्ष, स्थानीय नेताहरू तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

शिवराज जेसिज २०२४ का अध्यक्ष केशब खनालले आफुले सम्पन्न गरेको मुख्य मुख्य कामको चर्चा गर्नु भएको थियो वहाँले सन् २०२४ मा वृक्षारोपण अभियान,संजिवनी अस्पतालका बिरामीहरूलाई फलफूल वितरण,स्वास्थ्य जीवनशैली प्रवर्द्धन गर्न योग शिविर र गर्मी महिनामा महिलाहरूलाई चिसो पानी वितरण गरिएको बताउनु भयो ।

पदभार ग्रहण गर्दे शिवराज जेसिस २०२५ का अध्यक्ष रबिन पौडेलले आफ्नो कार्यकालमा विभिन्न कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडी बढने बताउनु भयो । वहाँले युवाहरूलाई उद्यमशीलता सम्बन्धी तालिम,युवाहरूको क्षमता विकास र संसदीय व्यवस्था प्रणालीको अभ्यास गराउने आफ्नो सन् २०२५ को लक्ष्य भएको बताउनु भयो ।