दिपक खड्क चन्द्रौटा,कपिलवस्तु ।

विभिन्न भ्रमहरु चिर्दै प्रेस चौतारी नेपाल कपिलवस्तु जिल्ला अध्यक्षमा बाबुराम रायमाझी निर्विरोध निर्वचित  हुनु भएको छ।कपिलवस्तुको बाणगंगा नगरपालिका–४, ठाकुरापुरमा बुधबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट रायमाझी सर्वसम्मत रूपमा नेतृत्वमा आउनु भएको हो ।

अधिवेशनमार्फत गठित नयाँ कार्यसमितिमा उपाध्यक्षमा कुलराज भुसाल, महिला उपाध्यक्षमा सरस्वती पौडेल, सचिवमा सजिव गहतराज, सह–सचिवमा राम अवतार चौधरी र अजय मिश्रा तथा कोषाध्यक्षमा अनुपम पौडेल चयन भएका छन्। साथै, कार्यसमिति सदस्यहरूमा लक्ष्मण सापकोटा, सुसिल गैरे, कृष्ण पौडेल, सागर विक, विपना पौडेल , कोपिला पौडेल र घन्श्याम भर  निर्वाचित हुनु  भएको छ।

बुधबार सपथग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रायमाझीले संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भयो । उहाँले पत्रकारहरूको हक, हित र अधिकार सुनिश्चित गर्न संगठनलाई अझै बलियो बनाउने तथा स्थानीय मुद्दाहरूलाई प्राथमिकता दिने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका उपाध्यक्ष खगप्रसाद चापागाईंले प्रेस चौतारीको नयाँ नेतृत्वले जिल्लाको पत्रकारितामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै उहाँले संगठनले पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउनेतर्फ ठोस कदम चाल्नेमा आफूहरू आशावादी रहेको बताउनु भयो ।

अधिवेशनबाट केन्द्रीय प्रतिनिधिहरूमा जानु पाण्डे,  भेषराज पाण्डे र गिता अर्याल  निर्वाचित भएका छन् भने प्रदेश प्रतिनिधिहरूमा राम बहादुर गन्धर्व,अजय वर्मा र संगिता भुसाल भएका छन् । नयाँ नेतृत्वको आगमनसँगै कपिलवस्तुमा पत्रकारिता क्षेत्र थप व्यावसायिक, मर्यादित र प्रभावकारी हुने अपेक्षा लिइएको  छ।