दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।

शिवराज नगरपालिका-१, शिवपुरस्थित नेपाल आदर्श माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको तेस्रो दिन विभिन्न सम्मान तथा पुरस्कार वितरण कार्यक्रमसहित सम्मापन्न गरिने  विद्यालयका प्राचार्य मुक्तिनाथ पोख्रेलका जानकारी दिनुभयो ।

पोख्रेलका अनुसार महोत्सव अन्तर्गत तेस्रो दिन निम्न कार्यक्रमहरू समावेश गरिएका बताउनु भयो ।

१.स्वर्ण महोत्सव २०८१ को समापन समारोह

२.पूर्व शिक्षक तथा कर्मचारी सम्मान

३.पूर्व विद्यार्थी सम्मान तथा कार्यरत सम्मान

४.कार्यरत शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन तथा पुरस्कार वितरण

५.अर्धवार्षिक परीक्षाको पुरस्कार वितरण

६.विभिन्न प्रतियोगिताका पुरस्कार वितरण कार्यक्रम

७.मन्तव्य कार्यक्रम

८.विविध सांस्कृतिक प्रस्तुति

विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानिय अगुवाहरूको उपस्थितिमा भव्य रूपमा सञ्चालन भइरहेको कार्यक्रममा विद्यालयमा योगदान दिएका पूर्व शिक्षक, कर्मचारी, विद्यार्थी तथा हाल कार्यरत शिक्षकहरूलाई विशेष सम्मान प्रदान गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रमान केसीले जानकारीदिनु भयो ।

यसअघि, माघ १५ गते राष्ट्रिय सभा उपाध्यक्ष माननीय विमला घिमिरेद्वारा महोत्सवको औपचारिक उद्घाटन गरिएको थियो। कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायको उत्साहजनक सहभागिताले स्वर्ण महोत्सवलाई ऐतिहासिक र स्मरणीय बनाएको प्रति विद्यालय प्रशासनले सबैलाई धन्यावद ज्ञापन गरेको छ ।