कमल बिष्ट, कपिलवस्तु
कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा नम्बर ७ बस्ने रामदयाल यादवकी १० वर्षीय छोरी हराएपछि यतिबेला उनको परिवार चिन्तामा रहेको छ, माघ १० गते देखि बेपत्ता भएकी छोरी हालसम्म फेला नपरेपछि उनका पिता रामदयाल यादवले खोजीगरीदिन हारगुहार गरेका छन् ।

प्रहरी कार्यालयमा पनि खोजीका लागी निवेदन दिएपनि छोरी हालसम्म फेला नपरेपछि यादवले सबैलाई आफ्नी छोरीलाई कतै देखेमा खबर गरिदिन अनुनयविनय गरेका हुन् ।

उनले छोरी फेला परेमा मोबाइल नम्बर ९८५७०९०४५६,  ९८२१९७५९३५ वा नजिकैको प्रहरी कार्यालयमा बुझाइदिन आग्रह गरेका छन् ।