नेपाल आदर्श माविको ५०औ वर्षको शैक्षिक यात्रा पुरा”स्वर्ण स्तम्भ”अनावरण गरि कार्यक्रमको शुभ-आरम्भ
दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।
शिवराज नगरपालिका वडा नम्बर १ मा रहेको नेपाल आदर्श माध्यमिक विद्यालयले आफ्नो स्थापना कालको ५०औं वर्ष पूरा गरेको अवसरमा स्वर्ण महोत्सव मनाउने सम्पूर्ण तयारी पूरा गरेको छ । विद्यालयले शिवपुरस्थित आफ्नै सभाहलमा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी गराएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्ण महोत्सव २०८१ का संयोजक नरेन्द्रमान केसीका अनुसार, विक्रम संवत २०३१ सालमा स्थापना भएको विद्यालयले हालसम्म हजारौं शिक्षित युवाहरू उत्पादन गर्न सफल भएको बताउनु भयो ।
विद्यालयले नेपाली र अंग्रेजी दुवै माध्यमबाट शिक्षण गर्दै आएको र निकट भविष्यमा सम्पूर्ण शिक्षण प्रक्रिया अंग्रेजी माध्यमबाट सञ्चालन गरिने योजना रहेको प्राचार्य मुक्तिनाथ पोखरेलले जानकारी दिनुभयो ।
पोख्रेलले स्वर्ण महोत्सव माघ १५ गतेदेखि १७ गतेसम्म आयोजना हुने र कार्यक्रममा विभिन्न आकर्षक गतिविधिहरू समावेश गरिएका बताउनु भयो । वहाँले पहिलो दिन “स्वर्ण स्तम्भ” अनावरण र स्मारिका विमोचन गरिने छ । दोस्रो दिन “स्वर्ण महोत्सव सहयोगदाता सम्मान”, जग्गादाता सम्मान, तथा पूर्व विद्यालय व्यवस्थापन समिति र शिक्षक-अभिभावक समितिका पदाधिकारीहरूको सम्मान गरिने छ। तेस्रो तथा अन्तिम दिनमा पूर्व शिक्षक, कर्मचारी, र विद्यार्थीहरूलाई सम्मान गर्ने तथा कार्यरत शिक्षक-कर्मचारीलाई प्रोत्साहन स्वरूप पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ।
विद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदानको कदर गर्दै यो महोत्सवले सम्पूर्ण स्थानीय समुदायलाई एकताबद्ध गर्ने विश्वास प्राचार्य पोखरेलले व्यक्त गर्नुभयो । कार्यक्रमलाई सफल बनाउन विद्यालयले विभिन्न पक्षसँग सहकार्य गरेको र सबैलाई सहभागी बनाउन घर-घर पुगि निमन्त्रणा र विभिन्न माध्यमवाट सहभागीहुन हुन आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























