दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. १० मा सूर्यज्योती लाइफ इन्स्योरेन्सको आयोजनामा ३ सय जना विपन्न र दलित व्यक्तिहरूलाई सिरक वितरण गरिएको सुशील चापागाईंले जानकारि दिनुभयो ।

कार्यक्रममा महाराजगञ्ज नगरपालिका नगरप्रमुख अब्दुल कलाम खानले चिसोबाट बच्नका  वडावासीलाई विभिन्न सावधानीहरू अपनाउन आग्रह गर्दै  वृद्ध नागरिकहरूको स्वास्थ्यमा ध्यान दिन सिरक वितरण गरिएको कार्य राम्रो भएको बताउनु भयो ।

प्रतिनिधिसभा सदस्य माननीय सुरेन्द्रराज आचार्यले समाजमा विपन्न तथा दलित वर्गको जीवनस्तर उकास्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो ।सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता गतिविधिहरूले समुदायमा सहयोग र सहानुभूतिको भावना फैलाउन  विश्वास व्यक्त गर्नुभयो ।

सूर्यज्योती लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समुदायलाई सहयोग गर्दै आएको संस्थाका प्रदेश इन्चार्ज सुशील चापागाईंले बताउनु भयो । कार्यक्रम वडा नं. १० का वडा अध्यक्ष शैलेन्द्र कुमार चौधरीको अध्यक्षतामा समपन्न भएको थियो ।