कपिलवस्तुमा नेपाल निजामती कर्मचारी संगठनको ११औं जिल्ला अधिवेशन सम्पन्न
दिपक खड्का चा्न्द्रौटा,कपिलवस्तु।
नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्यसमिति कपिलवस्तुको ११औं जिल्ला अधिवेशन कपिलवस्तुको वाणगंगा नगरपालिकामा भव्य रूपमा सम्पन्न भएको छ ।
११औं जिल्ला अधिवेशनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणका माननीय मन्त्री बलराम अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै निजामती कर्मचारीको भूमिकालाई थप सुदृढ र प्रभावकारी बनाउनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
संगठनका केन्द्रिय कार्यसमिति अध्यक्ष लेखनाथ कोइरालाले संगठनको इतिहास, उद्देश्य, र सञ्चालन भएका विभिन्न गतिविधिबारे जानकारी गराउनुका साथै भावी योजनाका विषयमा धारणा राख्नुभयो। उहाँले निजामती कर्मचारीहरूलाई अझ एकताबद्ध भई संगठनका उद्देश्यहरू पूरा गर्न आग्रह गर्नुभयो।
११औं जिल्ला अधिवेशनले केशव मरासिनीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । मरासिनीले आफ्नो निर्वाचित पदमा रहँदा कर्मचारीहरूको हक, हित र विकासका लागि थप प्रभावकारी कदम चाल्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रम जिल्ला कार्यसमिति अध्यक्ष प्रकाश गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























