कपुरी डेक्स ।

शिवराज नगरपालिका, वडा नं. ५ स्थित चन्द्रौटा चोकमा शुद्ध खाने-पानीको फिल्टर जडान गरेपछि स्थानिय समुदायको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको छ ।  यो पहल स्थानीय नागरिकलाई नि:शुल्क शुद्ध पानीको सुविधा उपलब्ध गराउने उद्देश्यले गरिएको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले बताउनु भयो ।

स्वास्थ्यका दृष्टिले, सुरक्षित र स्वच्छ खानेपानीको उपलब्धता आम समुदायको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र “शुद्ध खानेपानीको जडानले  स्वास्थ्यमा सुधार ल्याउने  र  पानीको गुणस्तर हाम्रो स्वास्थ्यसँग गहिरो सम्बन्ध  राख्ने थापाले बताउनु भयो ।

फपुरी कम्पेलेक्स अगाडि जडान गरिएको फिल्टरले न केवल पानीको सहजता बढाउनेछ, बरु यसको सेवनबाट पानीजन्य रोगहरू जस्तै पखाला, टाइफाइड र हैजा जस्ता समस्याहरूमा कमी आउने विश्वास वडा न. ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेको रहेको छ ।

चन्द्रौटा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाका अध्यक्ष दमन भाट क्षेत्री (नारायण) ले  “शुद्ध पानीको जडानले बजार क्षेत्रमा आउने व्यक्तिहरुलाई सहजताहुने र संस्थाको सामाजिक उत्तरदायित्व पनि पुराहुने बताउनु भयो ।

आधारभुत स्वास्थ्य सेवा अस्पतालका प्रमुख डा.अमित पाण्डेका अनुसार  शुद्ध पानीको सेवन स्वास्थ्य जीवनका लागि एक महत्वपूर्ण अंश मानिएको अवस्थामा  स्वास्थ्यको संवर्धन र रोग प्रतिबंधका लागि यस प्रकारका पहलहरूको महत्वपूर्ण भूमिका रहेने बताउनु भयो ।

वडा नं. ६ का वडा अध्यक्ष महेताब आलम खाँले पनि यस पहललाई नमुना काम भएको बताउदै ।  यसबाट समाजमा स्वास्थ्य र स्वच्छता सँग सम्बन्धित चेतना फैलने आशा व्यक्त गर्नु भयो ।

धैरे समय देखि चन्द्रौटा क्षेत्रमा बस्दै आउनु भएका  केशव दत्त भटले पनि शुद्ध पानीको जडानपछि बजार क्षेत्रमा आउने व्यक्तिहरुको स्वास्थ्यमा सुधार आउने र पानीजन्य रोगबाट लाग्ने रोगमा कमि आउने बताउनु भयो ।