शिवराज नगरपालिका वडा नं. १ मा सडक स्तरोन्नतिको कार्य तीव्र रूपमा अघि बढ्दै
कपुरी डेक्स ।
शिवराज नगरपालिका वडा नं. १ मा वडास्तरीय योजनाअन्तर्गत सडक स्तरोन्नतिको कार्य तीव्र रूपमा सम्पन्न हुने क्रममा रहेको छ। योजनामा भलुही, बेलौती गाउँ संगै बुद्धिपोखरा, बनकटवा, उमरी पश्चिम, र उमरी उत्तर क्षेत्रका विभिन्न सडकहरूको सुधार भइरहेको वडा न १ का अध्यक्ष खिम विक्रम केसीले जानकारीदिनु भयो ।

वडा अध्यक्ष केसी अनुसार यो परियोजना वडाको प्रमुख प्राथमिकतामा रहेको र बताउदै “सडक स्तरोन्नतिले यहाँका बासिन्दाको दैनिक जीवन सहज बनाउनुका साथै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा वडाले लिएको बताउनु भयो ।
अध्यक्ष केसीले बाँकी कार्यहरूलाई छिटोभन्दा छिटो सम्पन्न गर्न सबै पक्ष लागिपरेको समेत बताउदै सडक स्तरोन्नतिको यस प्रयासले स्थानीय बासिन्दालाई सुविधासम्पन्न बनाउनुका साथै गाउँको समग्र विकासमा ठूलो योगदान दिने विश्वास संगै यसले यातायात सेवा सहज बनाउनाका साथै उत्पादनलाई बजारसम्म पुग्न सहजहुने छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























