कपुरी डेक्स ।
शिवराज नगरपालिका वडा नं ३ मा ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष उत्साहका साथ मनाइएको छ । उक्त कार्यक्रम शिवराज नगरवासीहरूको सक्रिय आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रममा क्षत्री समाज प्रदेश,जिल्ला समिती,नेपाल बहुमुखी भुतपूर्व सेनिक कल्याणकारी कोष शिवपुर,मगर समुदाय हल्लानगर, मिलिजुली महिला बचत तथा श्रृण सहकारी संस्था लि,किडाक नेपाल र शमशेर दल गण गरि विभिन्न सामाजिक संघ-संस्था, स्थानीय नेतृत्व, तथा नागरिकहरूको उल्लेखनीय सहभागीता रहेको थियो ।
सहभागिता जनाउने संघ-संस्थाहरू आफ्नो जातीय पहिचान झल्कने परम्परागत पहिरनमा उपस्थित भएका थिए । कार्यक्रममा सांस्कृतिक विविधता र समृद्धिलाई थप उजागर गरेको थियो । मगर समुदाय हल्लानगर, नेपाल बहुमुखी भूतपूर्व सैनिक कल्याणकारी कोष शिवपुर, मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था, क्षत्री समाज, किडाक नेपाल, र शमशेर दल गणका सदस्यहरूले आफ्ना सांस्कृतिक पोशाकमार्फत आफ्ना पहिचानलाई गर्वका साथ प्रदर्शन गरेका थिए ।
कार्यक्रम स्थल विविध रङहरूमा झल्किएको मात्र नभई, जातीय एकताको सन्देश प्रवाह गर्ने उदाहरणीय क्षण बनेको र सहभागीहरूको परम्परागत पहिरनले सांस्कृतिक विविधताभित्रको एकताको भावना झल्किएको थियो ।
सांस्कृतिक पहिरनसहितको उपस्थिति र यसले झल्काएको सामुदायिक एकताले कार्यक्रममा उपस्थित सबैलाई गहिरो प्रभाव पारेको देखिन्छ ।कार्यक्रमका राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै राष्ट्रिय एकता र नेपालको भूगोललाई सुरक्षित राख्न उहाँले खेलेको भूमिकालाई स्मरण गरिएको थियो ।
सहभागीहरूले उहाँको आदर्श, दूरदृष्टि, र नेतृत्व क्षमताको महत्त्व झल्काउने विभिन्न गतिविधिहरूको आयोजना गरिएको थियो । यस अवसरमा सांस्कृतिक झाँकी प्रदर्शन, राष्ट्रप्रेम झल्काउने गीत-संगीत, र वक्ताहरूबाट पृथ्वीनारायण शाहको विचारको महत्त्वबारे जानकारी प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा स्थानीय नेताहरूले नेपालको विकास र राष्ट्रिय एकताको लागि पृथ्वीनारायण शाहका विचारलाई अनुकरण गर्नुपर्नेमा जोड दिएका थिए । सामुदायिक भावनालाई अझ सुदृढ बनाउन र राष्ट्रिय गौरवलाई सम्मान दिन यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ रहेको थियो।
कार्यक्रममा स्थानीय युवाहरू, विद्यार्थी, र सामाजिक अभियन्ताहरूको समेतको बाक्लो उच्च उपस्थिति रहेको थियो ।कार्यक्रमको अन्त्यमा आयोजकहरूले आगामी वर्षहरूमा पनि यस्ता ऐतिहासिक र सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
कार्यक्रम सुरज खासु मगरको अध्यक्षा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाको प्रमुख आतिथियता र वडा अध्यक्ष टेकलाल सापकोटा,खिम विक्रम के.सी र नसिम अहमद खाँको आतिथियता र नवराज पौडेलको संचालनमा समपन्न भएको थियो ।