विजयनगर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १०० दिने रोजगारी योजना सुरु
कपुरी डेक्स ।
विजयनगर गाउँपालिका वडा नं. १ र २ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित योजना र युवा रोजगारका लागि रूपान्तरण पहल योजना संचालन गर्नका लागि रोजगारमा खटिनु पूर्व अभिमुखीकरण तथा सुरक्षा सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
अभिमुखि कार्यक्रमका सहभागीहरुलाई १०० दिनको रोजगारी पारिश्रमिक र लाभग्राहीहरूलाई पन्जा,चस्मा,हेल्मेट.गमबुट,चम्किलो ज्याकेट र प्राथमिक उपचार बाकस जस्ता सुरक्षा सामग्री वितरण गरिएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक श्याम पुनले रोजगारीमा सहभागी भएकाहरुलाई प्रत्येक दिनको ज्याला रु ६६८ रुपैयामा १ प्रतिशत रकम करकट्टी गरि उपलब्ध गराउने बताउनु भयो । सय दिन रोजगार कार्यक्रम अन्तर्गत वडा न १ वाट ६ जना र वडा न २ वाट ११ जना गरि जम्मा १७ लाई छनोट गरि बेरोजगार परिचयपत्र बितरण गरिएको पुनले जानकारी दिनु भयो ।
अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि विजयनगर गाँउपालिकाका अध्यक्ष गोपाल गोपाल बहादुर थापा मगरले आर्थिक वर्ष २०८१/०८२ का लागि पालिका भरी ६५ जना व्यक्तिहरुलाई छनोट गरि १०० दिन सम्म रोजगारी उपलब्ध गराउने र रोजगारमा खटिने सम्पूर्णलाई सुरक्षा र जागरूकता प्रदान गर्ने उद्देश्य राखिएको बताउनु भयो ।
विजयनगर गाँउपालिका वडा न १ का वडा अध्यक्ष इन्नर थारुले यस कार्यक्रमले आफ्नो वडामा विकास निर्माणका कामहरुमा सहजता हुने बताउनु भयो ।
विजयनगर गाँउपालिका वडा न २ का वडा अध्यक्ष नेपाल थारुले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत, सूचीकृत बेरोजगार व्यक्तिहरूलाई रोजगारी उपलब्ध गराउने पालिका र शाखाको प्रयास सराहनिय भएको बताउदै यस कार्यक्रमले विशेषगरी अति गरिब, बेरोजगार, एकल महिलाहरू र विपन्न परिवारहरूको जीविकोपार्जनमा सहजता ल्याउने बताउनु भयो ।
कार्यक्रममा १ सय दिन सम्म रोजगार प्राप्त गर्ने लाभग्राही देविपाटा मगरले बेरोजागर व्यक्तिहरुको पहिचान गरि विभिन्न विकास निर्माणका काममा सहभागी गराइ रोजगार उपलब्ध गराएको पालिकालाई धन्यवाद दिदै यस्ता कार्यक्रमले गाँस,बाँस कपासमा सहजता हुने बताउनु भयो । कार्यक्रममा सहभागी वडा सदस्य, कर्मचारीहरू र रोजगारका लागि चयन भएका व्यक्तिहरू सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























