कपुरी डेक्स
शिवराज नगरपालिकाका मेयर अजय थापाले सबै सरकारी कार्यालयहरूमा विद्युतीय गाडीको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । मेयर थापाकाले शिवराज नगरपालिकाले हाल ४ वटा विद्युतीय मोटरसाइकल खरिद गर्ने योजना रहेको बताउनु भयो ।
नगरपालिकाले विभिन्न शाखाहरुका काम सम्पादनका लागि दैनिक मोटरसाइकल र गाडीकोहरूको प्रयोग गर्दे आइरहेको छ । यसबाट पालिकालाई इन्धनको रुपमा वार्षिक लाखो रुपैया खर्च हुदै आइरहेको र विद्युतीय सवारी साधनको प्रयोले इन्धनको खर्चमा कमी आउने र वायुप्रदूषण नियन्त्रणमा समेत ठुलो टेवा पुग्ने बताउनु भयो । विद्युतीय सवारी साधनको प्रयोगबाट नगरपालिकाले वातावरणीय संरक्षणलाई तथा इन्धनमा फुजुल खर्च र इन्धनमा निर्भरता घटाउँदै आर्थिक बचतसमेत गर्न सकिनेछ ।
मेयर थापाका अनुसार हामीले वातावरणीय संरक्षणलाई केवल नारा बनाएर सीमित राख्नु हुँदैन । यसलाई व्यवहारमा लागू गर्न आवश्यक रहेकोले केन्द्र सरकार देखि प्रदेश सरकार माताहतका सम्पुर्ण सरकारी कार्यालयहरुमा विद्युतीय सवारी साधनको प्रयोजमा जोडदिनु पर्छ जसबाट राज्यको ठुलो धनराशि जोगिन सक्छ ।
शिवराज नगरपालिकाका सक्रिय नेता शरद अधिकारीले शिवराज नगरपालिकाले यो योजनालाई अन्य पालिकाहरुले अनुकरण गर्नुपर्ने बताउनु भयो । अधिकारीले विद्युतीय सवारी साधनलाई थप प्रभावकारी बनाउन केन्द्र र प्रदेश सरकारले विषेश अनुदान तथा करमा छुटको व्यवस्था गर्नुपर्ने सुझाब दिनु भयो ।
पालिकाका कर्मचारी दिपक खड्काले विद्युतीय गाडीको प्रयोगबाट नगरपालिकाको सेवा छिटो, दिगो र प्रभावकारी हुने बताउनुभयो। यसले इन्धनमा हुने फजुल खर्च घटाउन मात्र होइन, वातावरण संरक्षणमा समेत सहयोग पुग्ने बताउनुभयो ।
स्थानिय युवा नेता सरोज पौडेलले शिवराज नगरपालिकाको यो प्रयासले स्थानीय तहमा विद्युतीय साधनको प्रयोग बढने र वातावरण स्वच्छताको सन्देश प्रवाहहुने बताउनु भयो ।